हाँडीगाउँमा बन्ने लागेको अपार्टमेन्टले थाल्यो स्थानीयसँग छलफल

काठमाडौं । काठमाडौं महानगरपालि वडा नम्बर–५, हाँडीगाउँ गहनापोखरीमा बन्न लागेको लक्जरियस प्रिमियम अपार्टमेन्टले स्थानीयसँग छलफल शुरु गरेको छ । अपार्टमेन्ट ‘रोयल स्टेट’ प्रालिद्वारा प्रस्तावित कम्पनीले प्रवद्र्धन गर्न लागेको हो । रोयल स्टेट प्राइभेट कम्पनीले स्थानीयसँग व्यवसायिक भवनको वातावरणीय प्रभाव मूल्यांकन तयारीको लागि क्षेत्र निर्धारणअन्तर्गत सार्वजनिक छलफल कार्यक्रम आयोजना गरेको हो ।

उक्त कार्यक्रममा काठमाडौं महानगरपालिका वडा–५ का वडा अध्यक्ष रमेश डंगोलले व्यवसायिक भवन निर्माण गर्नुअघि सिमाना जोडिएका घरहरूको बीमा गरिनुपर्ने बताए । ‘भवन बनाउँदा रातको समयमा निर्माण सामग्री ढुवानी गर्नुपर्ने भएकोले छरछिमेकलाई असर नपर्ने गरी राति १० बजेभित्र सामान ल्याइसक्न सुझाव दिए ।

गहनापोखरी काठमाडौं उपत्यका कै विशिष्ट पहिचान र संस्कृति बोकेको स्थान भएकाले परियोजना बन्दा गहनापोखरीको सौन्दर्यतालाई नबिगारी बनाउन सुझाए ।

छलफल कार्यक्रममा स्थानीय डा.विश्वराम पौडेलले भवन निर्माण गर्दा होहल्ला हुन नहुने र छरछिमेकको भवनमा असर पर्न नहुने बताए । त्यस्तै स्थानीय शशी थापाले भवन निर्माण गर्दा भवन विभाग तथा महानगरपालिकाको सम्पूर्ण नीति नियमहरू पालन गरेरमात्र अघि बढ्न सुझाव दिए ।

वातावरणीय प्रभाव मूल्यांकन पछि उक्त अपार्टमेन्टको नक्सा तयार पारेर फेरि छलफलमा बस्ने प्रवद्र्धक कम्पनीमध्येको एक कम्पनी बालाजी इन्भेष्टमेन्ट प्रालिका प्रबन्ध निर्देशक नितिन गोयलले जानकारी दिए । रियल स्टेटको क्षेत्रमा काम गरिरहेका तीनवटा व्यवसायिक समूह कालिका कन्टक्सन, पायोनिय र बालालीको संयुक्त लगानीमा उक्त परियोजना बन्न लागेको हो ।

१ अर्ब ६० करोड लागतमा निर्माण गर्न लागिएको उक्त अपाटमेन्ट काम गर्न शुरु गरेको २ वर्षमा तयार हुने बताइएको छ । अपार्टमेन्ट निर्माणको लागि सरकारी निकाय काठमाडौं उपत्यका विकास प्राधिकरणबाट स्वीकृत भएर आएपछि हामी भवन निर्माणको काम शुरु गर्छौ,’ गोयलले भने ‘यसका लागि हामीलाई अझै केही समय लाग्छ ।’ अहिले अपार्टमेन्टको नक्सा डिजाइन गर्ने काम भइरहेको छ ।’

ऐतिहासि स्थल सवा ५ रोपनी जग्गामा प्रिमियम अपार्टमेन्ट र केही हाउजिङ बन्न लागेको हो । उक्त जग्गा केही समय अघिमात्रै आईएमएस ग्रूपका अध्यक्ष दिपक मलहोत्रासँग खरिद गरेकोे हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स