लामा दूरीमा चल्ने सवारी साधनको भाडा घट्यो, यस्तो अब भाडा दर

काठमाडौंं । नेपाल आयल निगमले डिजेलको भाउ घटाउपछि सरकारले अन्तरप्रदेश संचालन हुने यात्रुवाहक सवारीसाधनको भाडादर ३.२० प्रतिशतले घटाएको छ । आज बुधबारदेखि लागू हुने गरि दुई वा दुईभन्दा बढी प्रदेश भई (राष्ट्रिय रुटमा) संचालन हुने सार्वजनिक यातायाको भाडा समायोजन भएको यातायात व्यवस्था विभागले जनाएको छ।

निगमले डिजेलको भाउ प्रति लिटर १० रुपैयाँका दरले घटाएसँगै सरकराले सार्वजनिक सवारीसाधनको स्वचालित रुपमा भाडादर घटाएको हो । पहाडी बाटोमा संचालन हुने मालवाहक सवारीसाधनमा ४.१९ प्रतिशत र तराईको बाटोमा संचालन हुने सवारीसाधनमा ४.६५ प्रतिशत भाडादर घटेको छ ।

सार्वजनिक यातायातको भाडा समायोजन गर्दा ५ प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा समायोजन गर्नुपर्छ । २०७८ सालमाा वैज्ञानिक भाडादर समायोजन प्रणाली अनुसार स्वचालित रुपमा भाडादर समायोजन हुने व्यवस्था गरिएको छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/05/अन्तर-प्रदेश-भाडादर.pdf”]

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स