समयमा निर्माण सम्पन्न नगर्ने २५ कम्पनी परे सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूचीमा (सूचनासहित)

काठमाडौं । समय पूर्वाधार तथा विकास निर्माण नसक्ने २५ ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयल कालोसूचीमा राखेको छ ।

कार्यालयले बुधबार एक सूचना प्रकाशित गर्दै ती कम्पनीहरुलाई निश्चित समयका लागि सार्वजनिक निकायको खरिदमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएको हो ।

कालोसूचीमा परेका २५ कम्पनी मध्ये ६ कम्पनीलाई ३ वर्षका लागि, एक कम्पनीलाई २ वर्षका लागि र बाँकी १८ कम्पनीलाई १ वर्षका लागि सरकारी स्तरको कुनै पनि काम गर्न नपाउने गरी कालोसूचीमा राखेको हो ।

कालोसूचीमा राखिएका कम्पनीहरुमध्येमा ५ कम्पनीहरुलाई कृषि सामग्री कम्पनी लिमिटेडको सिफारिसमा कालो सूचीमा राखिएको छ । कालोसूचीमा पर्ने कम्पनीहरूमा नक्सालस्थित सिल्क मार्केट प्रालि, चीनको सिनेम्याक–एचआई साङ्घाई इन्टरनेसनल ट्रेण्ड कम्पनी लिमिटेड, सिंगापुरको ग्लोबल मेटिक्स ट्रेडिङ प्रालि, कुपण्डोलको विद्य म्यानेजमेन्ट प्रा. लि.को जोइन्ट भेन्चरलाई तीन वर्ष कालोसूचीमा परेका छन् ।

सिल्क मार्केट प्रालिलाई पुनः एकल रुपमा पनि ३ वर्षका लागि कालोसूचीमा राखिएको छ । तार्केश्वरको सिम्लेश्वर विल्डर्सलाई पनि तीन वर्षको लागि कालोसूचीमा राखिएको छ । चीनको हेक्सिङ इलेक्ट्रिकल कम्पनी लिमिटेडलाई २ वर्षका लागि कालोसूचिमा राखिएको छ ।

बाँकी रहेका १८ कम्पनीहरुलाई एक–एक वर्षका लागि कालोसूचिमा राखिएको छ । जसमा भरतपुरको एशियन बोरिङ एन्ड कन्सट्रक्सन प्रालि, बानेश्वर दिव्याक्षा कन्स्ट्रक्सन एन्ड सप्लायर्स, जनकपुरधाम ड्रिएगन कन्स्ट्रक्सन प्रालि, जनकपुरको किसन कन्स्ट्रक्सन रहेका छन् ।
बाराको जगदम्बा निर्माण सेवा, वीरगञ्जको सैफ मेटल एन्ड कन्स्ट्रक्सन प्रालि, हेटौडाको मुक्तिनाथ रुपेश कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालि, काठमाडौं काहिनुर ईम्पोरियम, पर्साको मुस्कान सप्लायर्स, काठमाडौंको प्रबेश ट्रेडर्स, इलामको सच्चिदानन्द सप्लायर्स तथा कन्स्ट्रक्सन कम्पनी प्रालि पनि १ वर्षको लागि कालोसूचीमा परेको छ ।

पोखराको ग्लोरिया फार्मास्युटिकल्स प्रालि, सुर्खेतको सत्यवती अर्डर एन्ड सप्लायर्स, रोल्पाको शर्मिला कन्स्ट्रक्सन सेवा, रौतहटको श्रीराम निर्माण सेवा, धादिङको एसएसपी कन्स्ट्रक्सन र गुल्मीको सूर्योदय कन्स्ट्रक्सन रहेका छन् ।

कालोसूचीमा राखिएको अवधिभर यी कम्पनीले सार्वजनिक निकायको खरिद कार्यमा सहभागी हुन पाउनेछैनन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स