मनकामना केवलकार २४ औं वर्ष पूरा गरी २५ औं वर्षमा प्रवेश

काठमाडौं । नेपालकै पहिलो मनकामना केवलकारको संचालन २४ औं वर्ष पूरा गरी २५ औं वर्षमा सफलतापूर्वक प्रवेश गरेको छ ।

यस केबुलकारको स्थापनाकाल मिति २०५५ साल मंसीर ८ गते देखि केबुलकारको नियमित संचालन गरी हालसम्म करीब १ करोड ७० लाख यात्रु तथा भक्तजनहरूलाई स्तरीय केबुलकार सेवा प्रदान गरी सकेको छ । केबुलकारको नियमित संचालन पश्चात् मनकामना क्षेत्र र यस आसपासका क्षेत्रहरु एक प्रमुख पर्यटकीय गन्तब्यका रुपमा स्थापित भई यस क्षेत्रको व्यापार व्यवसायहरुमा उल्लेख्य बृद्धि भई समुन्नत विकास भई विश्व सामु समेत मनकामनाको प्रचार प्रसार भएको कम्पनीले जनाएको छ ।

साथै यस केबुलकारका संस्थापक स्व. लक्ष्मणबाबुु श्रेष्ठ प्रति हार्दिक श्रद्धाञ्जलि अर्पण एवं स्मरण गर्दै उनको महान् सोच अनुरुप केबुलकारले आप्mनो व्यवसाय आम्दानीको केही हिस्सा सामाजिक कार्यमा खर्चिनु पर्छ भन्ने महान् सोच अनुरुप व्यावशायिक सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक, धार्मिक, शिक्षा जस्ता आदि कार्यमा सहयोग पु¥याउंदै आएको र स्व. लक्ष्मण बाबु श्रेष्ठकै मार्ग निर्देशन बमोजिम भविष्यमा पनि यस कम्पनी सदैव लागी रहने प्रण कम्पनीले गरेको छ ।

यसै अनुरुप बिगत लामो समय देखि केबुलकार अवस्थित चितवनको ईच्छाकामना गाउंपालिका र गोरखाको शहिद लखन गाउंपालिकामा प्रत्येकलाई कूल आम्दानीको १–१ प्रतिशत रकम व्यावसायिक सामाजिक उत्तरदायित्व अनुसार शिक्षा, स्वास्थ्य, धार्मिक, मठ, मन्दिरको जिर्णेद्धार लगायत विकास निर्माणका कार्य आदिमा खर्चिंदै आएको छ । साथै भूकम्प तथा कोभिड जस्ता प्राकृतिक तथा अन्य बिपत्तका समयमा राहत बितरण तथा सहयोग गर्दै आएका छ र गरी रहने कम्पनीले जनाएको छ ।

साथै मनकामना केबुलकार बिद्यमान एनालग प्रविधिबाट डापेलमेर को डी–कनेक्ट डिजिटल प्रविधिमा स्तरोन्नति हुंदै गरेको व्यहोरा अवगत गराउंदै प्रथम चरणको कार्य सम्पन्न भई २५ औं वार्षिक उत्सवको अवसरमा पूर्ण रुपले डिजिटल प्रणालीमा रुपान्तरण गरी देशकै पहिलो डिजिटल केबुलकार प्रणाली हुने छ ।

यसै वार्षिकोत्सवको उपलक्ष्यमा यसै समूहको भातृ कम्पनी रिसोर्र्टस् बाई मनकामना केवल कार (प्रा.) लि.ले मनकामनामा ४० कोठायुक्त सुबिधा सम्पन्न होटल तथा रिसोर्टको निमाण थालनी गरिने समेत गरेको छ । यसको लागत करीब ४८ करोड अनुमानित गरिएको छ ।

यस २४औं वार्षिक उत्सवको अवसरमा हामीलाई सहयोग, सद्भाव दिनु हुने स्थानीयबासीहरु तथा सम्पूर्०ा सहयोगी हातका साथै हाम्रा यात्रु तथा भक्तजन लगायत हाम्रा कर्मचारीवर्गहरुमा समेत हार्दिक आभार प्रकट गर्दै आउने वर्षहरुमा अरु स्तरीय सेवा दिने प्रण कम्पनीले गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स