टुकुचा खोला मिचेर बनाइएका ५८१ कित्ता घरमा चल्ने भयो बालेनको डोजर, क-कस्को पर्यो(सूची सहित)

काठमाडौं । टुकुचा खोला मिचेर बनाइएका घर तथा टहराहरूमा काठमाडौं महानगरपालिकाले डोजर चलाउने भएको छ । महानगरले टुकुचाको खोला बग्ने स्थानमा बनेको जय नेपाल हलसँगै रहेको एअर अरेबिया तथा गल्फ एअरको कार्यालय एवम् लक्ष्मी बैंकको पछिल्लो भवनसहित ५८१ वटा कित्तामा डोजर डोजर चलाउन लागेको हो ।

टुकुचा खोलाको दायाँबायाँ रहेका ५८१ कित्ता जग्गा तथा त्यहाँ बनेका घर टहरा लगायतका संरचनाले सहरी विकासको मापदण्ड पूरा गरेका छैनन् । टुकुचा खोलाको चौडाई चार मिटर र खोलाको दायाँ तथा बायाँ चार चार मिटर छाड्नुपर्ने भएपनि यसरी दायाँ बायाँ चार चार मिटर नछाडी बनेका संरचनामा डोजर चलाउन लागेको महानगरका प्रवक्ता नविन मानन्धरले बताए ।

‘महानगरले यी क्षेत्रमा टुकुचा माथि बनेको तथा मापदण्ड पुरा नगरेका भवन भत्काउन साउन १ गते नै सूचना निकालिसकेको छ,’ उनले भने ‘मापदण्ड नपुगेका भवनहरू महानगरले भत्काउँछ ।’ बिहीबारदेखि महानगरपालिकाले टुकुचा खोलालाई आफ्नो कम्पाउण्ड भित्र पारेको जय नेपाल हलबाट उत्खनन् सुरु गरेको छ ।

महानगरपालिकाले चण्डोलदेखि थापाथलीसम्म टुकुचा खोला अतिक्रमण भएका ५८१ कित्ता जग्गा तथा त्यहाँका घरमा डोजर चल्ने भएको हो ।

सहरी विकास मन्त्रालयले तयार पारेको टुकुचा खोला करिडोर व्यवस्थापनसम्बन्धी प्रतिवेदनका आधारमा महानगरले सो कदम चालेको हो । उक्त स्थानमा भवन भत्काएर करिडोर बनाउने योजनामा महानगर रहेको छ ।

महानगरपालिकाले भोलि शनिवारदेखि हात्तीसार क्षेत्रमा छोपिएको टुकुचा खोला बाहिर निकाल्ने गरी उत्खनन् गर्ने तयारी गरेको छ । यसका लागि हात्तीसारक्षेत्रमा रहेका चारवटा ठूला भवन पूर्णरुपमा भत्कने छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स