कामलाई निरन्तरतना दिन नजान्ने सरकारले क्यूआर कोर्ड सहितको लाइसेन्स प्रिन्ट र वितरण दुवै रोक्यो

काठमाडौं । काठमाडौं उपत्यका भित्रका यातायात कार्यालयहरूले लाइसेन्स प्रिन्ट र वितरण दुवै रोक्का गरेका छन् । कार्यालयहरूले क्यूआर कोर्ड सहितको परिक्षणकालीन (ट्रायल) लाइसेन्स प्रिन्ट र वितरण दुवै रोक्का गरेका हुन् ।
यातायात विभागका अनुसार काठमाडौं उपत्यका भित्रका प्रत्येक यातायात कार्यालयहरूले २० देखि ३० हजार स्मार्टलाइसेन्स वितरण गर्न बाँकी छ ।

यातायात विभागको अग्रसरतामा एक वर्षको लागि सेवाग्राहीलाई उपलब्ध गराउने भनिएको परिक्षणकालीन लाइसेन्स अहिले वागमती प्रदेश भित्र हेटौंडा यातायात कार्यालयबाट मात्रै वितरण भइरहेको छ ।

हेटौंडा बाहेका वागमती प्रदेश भित्रका यातायात कार्यालयहरूले बजेटको अभाव भएको भन्दै परिक्षणकालीन लाइसेन्स प्रिन्ट र वितरण दुवैलाई स्थगित गरेका हुन् ।
पछिल्लो समय विभागको अग्रसरतामा अघि बढेको परिक्षणकालीन लाइसेन्सको अवधारणा पनि यातायात कार्यालयहरुको लापरवाहीले रोक्का भएको हो ।

परिक्षणकालीन लाइसेन्सको विकल्पमा पहिलेकै रसिद दिएर पठाउने गरेका छन् ।
अन्य प्रदेशबाट परिक्षणकालीन लाइसेन्स वितरण भइरहेको बेला विभिन्न बाहना बनाउँदै वागमती प्रदेश भित्रका यातायात कार्यालयहरूले भने सेवालाई अवरुद्ध बनाउँदै आएका छन् ।

एकान्तकुना र भक्तपुर यातायात कार्यालयले केहि समय वितरण गरेपनि बजेट, पूर्वाधार तथा जनशक्तिको अभाव भएको भन्दै अहिले उक्त काम गरिरहेका छैनन् ।

परिक्षणकालीन लाइसेन्सको लागि एउटा यातायात कार्यालयलाई ५ लाख बजेट भए पुग्ने ती अधिकारीको दाबी छ । यातायात विभागले गत वर्षको साउनदेखि काठमाडौं भित्रका यातायात कार्यालयहरुमा परिक्षणकालीन लाइसेन्स अनिवार्य गर्न निर्देशन दिएको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स