अत्याधुनिक राजकीय अतिथि गृह निर्माण कार्य अघि बढ्यो

काठमाडौं । नेपालले पहिलो पटक विदेशी विशिष्ट पहुनाहरूलाई राख्नको लागि १ अर्ब ५० करोड रुपैयाँ खर्चेर अत्याधुनिक अतिथि गृह निर्माण गर्ने भएको छ । विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुखलगायतका विशिष्ट अतिथिलाई बस्नका लागि सुविधा सम्पन्न राजकीय अतिथि गृह (स्टेट गेस्ट हाउस) निर्माण प्रक्रिया अगाडि बढेको हो ।

अतिथि गृह निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा विस्तृत ‘डिजाइन’ तथा ‘ड्रोइङ’को काम सम्पन्न सम्पन्न भइसकेको छ । विभिन्न मुलुकका राष्ट्राध्यक्ष, सरकार प्रमुख र विशिष्ट व्यक्तिहरूद्वारा समयसमयमा हुने नेपाल भ्रमणको क्रममा उहाँहरूलाई कुनै होटलमा नराखी राज्यकै स्वामित्वमा रहेको अतिथि गृहमा बसोबासको व्यवस्था गर्ने गरी राजकीय अतिथि गृह निर्माण प्रक्रिया सुरु गरिएको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका निर्देशक दिलीपशेखर श्रेष्ठले जानकारी दिए ।

ललितपुरको पुल्चोकस्थित अहिलेको मन्त्री निवास परिसरमा राजकीय अतिथि गृह निर्माण प्रक्रिया अगाडि बढेको हो । ‘विदेशबाट यहाँ आउने विशिष्ट पाहुनालाई राख्ने अहिले राज्यको कुनै उच्च सुविधासम्पन्न अतिथि गृह छैन,’ उनले भने ‘ होटलमा राख्नुपर्ने बाध्यता छ ।’ भवन निर्माण पछि राज्यकै स्वामित्वमा रहेको अतिथि गृहमा पहुनाहरूलाई राख्न सकिन्छ ।’ यो अतिथि गृह अहिलेसम्मकै अत्याधुनिक हुनेछ । विदेशबाट विशिष्ट पाहुनाहरू नेपाल आएको बेला मात्र यो अतिथि सदन खुला गरिने छ ।

अतिथि गृह निर्माणका लागि मन्त्रिपरिषद्बाट समेत स्वीकृति दिइसकेको छ । सो अतिथि गृहको ‘डिजाइन’ तथा ‘ड्रोइङ’ को काम ओट्रे प्रालि परामर्शदाता कम्पनीले गरेको हो ।

पुल्चोकस्थित मन्त्री निवासको कुल क्षेगर्न लागिएको हो । बाँकी स्थान खुला रहने छ । राजकीय अतिथि गृहका छुट्टाछुट्टै दुई तले आठवटा भवन र एउटा सामुदायिक सभाहल निर्माण हुने निर्देशक श्रेष्ठले जानकारी दिए । ६० देखि ८० जना क्षमताको एउटा सम्मेलन कक्ष र १० देखि १४ जना क्षमताको चारवटा बैठक कक्ष निर्माण गर्ने योजना बनेको छ ।

पाँच रोपनी क्षेत्रफलमा एक तले सामुदायिक भवन बन्नेछ । निर्देशक श्रेष्ठका अनुसार अतिथि गृह ९/९ हजार वर्गफिटको क्षेत्रफलमा निर्माण हुनेछ । उक्त भवनहरू नेपाली परम्परागत र आधुनिकता शैलीको निर्माणबाट निर्माण गनृ लागिएको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स