आजीवन निःशुल्क पानी माग गर्दैै स्थानीयले नागढुंगा सुरुङमार्ग निर्माण प्रक्रिया रोके

काठमाडौं । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग निर्माण प्रक्रिया अवरुद्ध भएको छ । सुरुङका कारण पानीको मुहान सुकेको भन्दै स्थानीयले अवरोध सिर्जाना गरेसँगै नागढुंगा सुरुङमार्ग निर्माण प्रक्रिया रोकिएको हो ।

चन्द्रागिरी नगरपालिका-२ का स्थानीयले २०७७ फागुनमा आजीवन निःशुल्क खानेपानीको व्यवस्थापन गर्नुपर्नेलगायत ८ बुँदे माग आयोजना समक्ष राखेका थिए ।

सुख्खा याम सुरु भएसँगै पानीको अभाव सिर्जना हुन थालेसँगै स्थानीय माग पूर्ती गराउन आन्दोलनमा उत्रिएका हुन् ।
चैत २८ र २९ मा स्थानीयले टुटिपाखामा रहेको निर्माण कम्पनी हाज्मा एन्डो र परामर्शदाताको कार्यालय तोडफोड गरेको आयोजनाले जनाएको छ । स्थानीयले धादिङतर्फ पनि निर्माणको काम अघि बढाउन दिएका छन् । स्थानीयको अवरोधका कारण एक सातादेखि काम अवरुद्ध भएको नागढुंगा सुरुङमार्ग आयोजनाका निर्देशक नरेशमान शाक्यले बताए ।
‘लकडाउनको समयमा पनि बिना अवरोध काम भइरहेको थियो । स्थानीयको अवरोधका कारण अचानक काम रोकिएको छ,’ शाक्यले भने, ‘समस्या समाधनका लागि वार्ता भइरहेको छ ।’ अहिले पनि स्थानीय र आयोजना निर्देशनलायबीच वार्ता भइरहेको छ ।

काठमाडौंको दहचोकदेखि धादिङको सिस्ने खोलासम्म सुरुङको लम्बाइ २.६८८ किलोमिटर छ । सुङमार्ग प्रवेशका लागि त्रिभुवन राजपथबाट काठमाडौंतर्फ थानकोटको बस्नेत छापसम्म २.३० किलोमिटर र धादिङतर्फ धुनिबेसीको सिस्नेखोलाबाट ५६५ मिटर पक्की सडक बन्ने छ ।

यो सुरुङ मार्ग निर्माण भएपछि धादिङको नौबीसेदेखि काठमाडौं प्रवेश गर्ने दूरी ४ किलोमिटरले घट्नेछ । सवारी साधनले यो दूरी १५ देखि २० मिनेटमा पार गर्नेछन् । जबकी हाल सामान्य अवस्थामा एक घण्टा र जाम हुँदा घण्टौंसम्म लाग्ने गरेको छ । नौबीसेदेखि थानकोटसम्मको सडक ११ डिग्रीको उकालोमा छ भने सुरुङमा जम्ममा ४ डिग्री मात्र उकालो हुनेछ । यसले गर्दा सवारी साधनको इन्धन खपत उल्लेखनीय रूपमा घट्ने सडक विभागका अधिकारीले बताएका छन् । हाल यो सडकमा दैनिक १० हजारभन्दा धेरै गाडी ओहोरदोहोर गर्छन् ।

नागढुंगा सुरुङमार्गको प्रारम्भिक अध्ययन सन् २०१४ मा नै शुरु भएको थियो । सन् २०१६ मा आर्थिक स्रोत सुनिश्चित गरी २०१७ बाट डिजाइन थालिएको थियो । यो सुरुङ मार्ग निर्माण गर्न जापानको अन्तर्राष्ट्रिय सहायतासम्बन्धी नियोग ९जाइका०ले १६ अर्ब ६ करोड रुपैयाँ सहयुलियत ऋण उपलब्ध गराएको हो । ०।०१ प्रतिशत ब्याज दरमा उपलब्ध गराइएको ऋण नेपालले ४० वर्षमा तिर्नुपर्नेछ । पहिलो १० वर्षको ब्याज भने तिर्नुपर्दैन ।

हाज्मा-आन्द्रो यो ठेक्का साढे १३ अर्ब रुपैयाँमा प्राप्त गरेको हो । आयोजनाका अनुसार सुरुङमार्ग निर्माण गर्न करिब २२ अर्ब रुपैयाँ लाग्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स