३ वर्षमा २ हजार ९०७ किलोमिटर सडक कालोपत्रे

 

काठमाडौं । आर्थिक वर्ष (आव) २०७७/७८ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ११९० किलोमिटर सडक कालोपत्रे गरेको छ । गत आवमा मन्त्रालयले १३ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको थियो । मन्त्रालयले लक्ष्यको ९१ प्रतिशत प्रगति हासिल गरेको हो ।

पछिल्लो ३ वर्षमा मन्त्रालयले २ हजार ९०७ किलोमिटर सडक कालोपत्रे गरेको छ । ३ वर्षको अवधिमा सबैभन्दा धेरै सडक कालोपत्रे गत आवमा भएको छ । मन्त्रालयले आव २०७५/७६ मा ९८८ किलोमिटर सडक कालोपत्रे र आव २०७६/७७ मा ७२९ किलोमिटर सडक कालोपत्रे गरेको छ ।

विगतका तुलनामा पछिल्ला केही वर्षदेखि सडक कालोपत्रे गर्ने दर बढेको मन्त्रालयका प्रवक्ता केशवकुमार शर्मा बताउँछन् ।

‘प्राथमिकता प्राप्त आयोजनाहरु सञ्चालनमा छन्,’ शर्माले भने, ‘ती आयोजनाहरुको डिजाइनको काम सकेर निर्माण भइरहेका छन् ।’ नयाँ सडक निर्माण सकारात्मक देखिएकाले कालोपत्रेको दर बढेको शर्माको भनाइ छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत पुष्पलाल राजमार्ग, हुलाकी राजमार्ग, उत्तर दक्षिण कोरिडोर लगायत प्राथमिकता प्राप्त आयोजना सञ्चालनमा रहेका छन् ।

गत आव मन्त्रालयले १ हजार किलोमिटर ग्राभेल सडक निर्माण गर्ने लक्ष्य राखेको थियो । गत आवमा ७२९ किलोमिटर ग्राभेल सडक निर्माण भएको छ । यो लक्ष्यको ७२.९ प्रतिशत प्रगति हो । ग्राभेल सडक निर्माणमा मन्त्रालय लक्ष्यभन्दा २७१ किलोमिटर पछि रह्यो ।

गत आव मन्त्रालयले ५०० किलोमिटर माटे सडक निर्माण गर्ने लक्ष्य राखेको थियो । गत आवमा ४६५ किलोमटिर माटे सडक निर्माण भएको छ । यो लक्ष्यको ९३ प्रतिशत प्रगति हो । माटे सडक निर्माणमा मन्त्रालय लक्ष्यभन्दा ३५ किलोमिटर कम रह्यो ।असहज परिस्थितिका बाबजुत सडक निर्माणमा सन्तोषजनक प्रगति हासिल गरेको प्रवक्ता शर्मा बताउँछन् ।

गत आव मन्त्रालयले १ हजार किलोमिटर ग्राभेल सडक निर्माण गर्ने लक्ष्य राखेको थियो । गत आवमा ७२९ किलोमिटर ग्राभेल सडक निर्माण भएको छ । यो लक्ष्यको ७२.९ प्रतिशत प्रगति हो । ग्राभेल सडक निर्माणमा मन्त्रालय लक्ष्यभन्दा २७१ किलोमिटर पछि रह्यो ।

गत आव मन्त्रालयले ५०० किलोमिटर माटे सडक निर्माण गर्ने लक्ष्य राखेको थियो । गत आवमा ४६५ किलोमटिर माटे सडक निर्माण भएको छ । यो लक्ष्यको ९३ प्रतिशत प्रगति हो । माटे सडक निर्माणमा मन्त्रालय लक्ष्यभन्दा ३५ किलोमिटर कम रह्यो ।

२२४ पुल निर्माण

गत आवमा मन्त्रालयले ३ सय वटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको थियो । तर, गत आर्थिक वर्षसम्म २२४ वटा २९ पुल निर्माण सम्पन्न भएको छ । यो कुल लक्ष्यको ७४.६६ प्रतिशत हो । यो लक्ष्यभन्दा ७६ वटा पुल कम निर्माण भएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स