लिक निर्माण भएको ३ वर्षमा बल्ल सञ्चालनमा आयो कर्था–जनकपुर– जयनगर रेल, भाडा ? 

काठमाडौं । आजदेखि कुर्था–जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुने भएको छ । आइतबारदेखि रेल सेवा नियमित रूपमा सञ्चालन हुने नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले बताए ।

कुर्था–जयनगर खण्डको रेल सञ्चालनका लागि लिक तयार भएको तीन वर्षपछि बल्ल रेल सञ्चालनका लागि तयार भएको हो । रेल सञ्चालनको समय पटक–पटक तोकिए पनि सफल हुन सकेको थिए भारत सरकारको ८ अर्ब ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण हुने जयनगर–विजलपुर–बर्दिबाससम्म ६९ किलोमिटर रेल मार्ग अन्तर्गत पहिलो चरणमा जयनगर–कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालनको हुन लागेको हो ।

भारतबाट खरिद गरेर नेपाल रेल भित्रिए पनि १ वर्ष ५ महिनामा रेल सञ्चालन हुन लागेको हो । भारतबट खरिद गरिएको दुई सेट रेल जयनगरबाट जनकपुर ल्याएर धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको छ ।

कुर्था–जनकपुर–जयनगर रेल सेवा सञ्चालनका लागि नेपाल रेल्वे कम्पनीले अर्थ मन्त्रालयबाट २० करोड रुपैयाँ ऋण लिएको महाप्रबन्धक झाले जानकारी दिए । पाँच प्रतिशत ब्याजदरमा १० वर्षभित्र चुक्ता गर्ने गरी सो ऋण लिइएको उनले बताए । २०७७ साल असोज २ गते भारतबाट ८४ करोड ६५ लाखमा खरिद गरिएका हो । सोही रकमबाट नै कर्मचारीको तलब सुविधा लगायतको खर्च गरिनेछ ।

लामो कसरत पछि अब भने जनकपुरधामको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालन हुने पक्का भएको हो । गत पुस २३ गते शनिबार नेपाल रेल्वे कम्पनीका पदाधिकारी र भारतीय रेल्वे कम्पनी कोंकणका प्राविधिकले बर्दिबास–जयनगर रेल्वे विस्तार परियोजनाको जयनगर–कुर्था खण्डमा रेल चलाएर लिक परीक्षण गरेका थिए ।

महाप्रबन्धक झाले रेल सञ्चालनका लागि कानुन, बजेट, एसओएस, प्राविधिक र आवश्यक कर्मचारीलाई तालिम दिइएको समेत जानकारी दिए । रेल सञ्चालनका लागि ६० जना कर्मचारीलाई भारतीय प्राविधिक र रेलका कर्मचारीले तालिम दिएका हुन् ।

कति तिनुपर्छ भाडा ? 
कुर्थादेखि जयनगरसम्म चल्ने रेल्वे सेवाको भाडासमेत तय भइसकेको छ । कुर्था–जयनगरसम्म सामान्यमा ७० रुपैयाँ भाडादर कायम गरिएको छ भने एअर कन्डिसन(एसी) सहितमा प्रतिव्यक्ति दुई सय रुपैयाँ भाडा निर्धारण गरिएको छ । उक्त रेलमा १ हजार २०० देखि १ हजार ३०० जनासम्म यात्रा गर्न सक्ने छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स