मेलम्ची खानेपानी निर्माण सम्झौता अवधि थप, काम पुरानै ठेकेदारलाई

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले निर्माण सम्झौता अवधि थप गरेको छ । मेलम्ची खानेपानी विकास समितिले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग असार महिनासम्मका लागि सम्झौता अवधि थप गरेको हो ।

सिनोले करिब ३२ करोड रुपैयाँ ठेक्काको भेरिएसनबापत पाउने भएको छ । आयोजनाले मन्त्रिपरिषदबाट ठेक्काको भेरिएसन गर्ने स्वीकति पाएको थियो ।

असार १ गते आएको बाढीले क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजना पुनर्स्थापनाका लागि पहिल्यैको ठेकदार सिनोलाई काम दिने बाटो खोल्न समितिले सरकारसँग प्रस्ताव गरेको थियो । सरकारले २०७६ असोजमा सिनोसँग १५ महिनामा काम सक्ने गरी बाँधस्थल निर्माण गर्न ठेक्का सम्झौता गरेको थियो ।

हाल असारसम्मको समय दिएपनि चैतको मध्यसम्म निर्माण सकेर सुरुङमा पानी भर्न थाल्ने गरी काम गर्न निदेशन दिइएको र नयाँ वर्षमा काठमाडौंमा पानी खसालेर वितरण थाल्ने योजना रहेको छ ।

सरकारले २०७९ को वैशाखसम्म बाढीग्रस्त मेलम्ची खानेपानी आयोजना पुनर्स्थापनाको काम सकेर काठमाडौंमा पुनः पानी ल्याउनले घोषणा गरेको थियो । तर, अहिलेसम्म आयोजनामा निर्माणको काम शुरु हुन सकेको छैन ।

सिनोसँग बाँधस्थल निर्माणका लागि भएको खरिद सम्झौताको अवधिको थप ५० प्रतिशत अवधि पनि म्याद थप भइसकेको थियो । कानुनी सीमाका कारण समितिले म्याद थप गर्न नसक्ने भएपछि मन्त्रिपरिषदको स्वीकृतिमा सिनोलाई म्याद थप गरेर साइटमा पठाउन लागिएको हो ।

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स