शहरी विकास मन्त्री रामकुमारी झांक्रीको १०० दिनमा ३७ काम

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झांक्रीले एक सय दिनमा ३७ काम गरेकी छिन् । मन्त्री झांक्रीले कार्यभार सम्हालेको एक सय दिनको अवसरमा आज (सोमबार) पत्रकार सम्मेलन मार्फत् उपलब्धी सार्वजनिक गरेकी हुन् ।
एक सय दिनको छोटो अवधिमा रुपान्तरणकारी, क्रमागत र नयाँ शहरी पूर्वाधार निर्माणका परियोजनाहरुको कार्यान्वयले गति लिएको उनले बताइन् ।

साथै शहरी विकास मन्त्रालयले सामाजिक पूँजीको रुपमा रहेका सामाजिक पूर्वाधारहरु अस्पताल, स्वास्थ्य चौकी, हरियाली पार्क, मोरञ्जन पार्क, शवदाह गृहलगायत निर्माण कार्य प्राथमिकता साथ अघि बढाएको बताइन् ।

चालु आवमा मन्त्रालयको प्रगति १८.९१ प्रतिशत रहेको छ । चालुतर्फ ३५ र पुँजीगततर्फ १७ प्रतिशत प्रगति छ । चालु आवमा मन्त्रालयको चालु बजेट ३० अर्ब ८४ करोड रहेकोमा १ अर्ब ९४ करोड ६९ लाख रुपैयाँ खर्च भएको छ । भने पुँजीतर्फ २८ अर्ब ९० करोड विनियोजन भएकोमा ५ अर्ब ८ करोड रुपैयाँ खर्च भएको छ ।

यस्ता छन् मन्त्री झांक्रीको सय दिने उपलब्धी

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/01/ramkumari.pdf” cache=”off”]

 

 

 

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स