आन्दोलनमा जाने निर्माण व्यवसायी तयारी

काठमाडौं । निर्माण व्यवसायीहरु भुक्तानीको विषयलाई लिएर आन्दोलनमा जाने भएका छन् । नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनको कार्यक्रम यत गरेर अघि बढ्ने बताएको हो ।

नेपाल आर्थिक पत्रकार संघ नाफिजले गत महिना आयोजना गरेको कार्यक्रम अर्थमन्त्री विष्ष्णु पौडेलले एक हप्ता भित्र निर्माण व्यवसायीको भुक्तानी सुरु गरिने बताएका थिए । तर सो अनुसार नभएको भन्दै निर्माण व्यवसायी आन्दोलनमा जाने बताएको छ ।

आज नेपाल निर्माण व्यवसायी महासंघले पत्रकार सम्मेलन नै आयोजना गरेको थियो । जसमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बाध्य भएर आन्दोलनमा उत्रिने चेतावनी दिएका दिएका हुन् ।
उनले भने ,‘ एक महिना अघि सरकारले सात दिनमा भुक्तानी गर्छु भनेको रकम अहिले सम्म पनि निमार्ण व्यवसायीलाई भुक्तानी भएको छैन ।’

त्यस्तै गरि उनले निर्माण क्षेत्र नै बिग्रिसकको बताए । उनले भने,‘ सिमेन्ट उद्योगहरु धरासय भएको हेर्न चाहदैनौँ ।’
विकास बजेट को १५ प्रतिशत भन्दा बढी खर्च नभएकोले समस्या भैरहेको उनको भनाई छ ।
निर्माण व्यवसायीहरूले अगाडीका आर्थिक वर्षहरूमा पाउने भुक्तानीको ठूलो रकम अझै बाँकी रहेको र त्यसका कारण

निर्माण उद्योगमा गम्भीर संकट उत्पन्न भएको आजको पत्रकार सम्मेलनमा बताइएको छ ।

महासंघका महासचिव रोशन दाहालका अनुसार सरकारले बारम्बार भुक्तानीको आश्वासन दिए पनि अझै पनि सुनुवाइ भएको छैन यसले निराश हुनपर्ने स्थिति सिर्जना भएको छ ।

निर्माण सामग्रीको मूल्यवृद्धि हुनु, कर्जामा कटौती हुनु र सार्वजनिक खरिद नियमावलीमा भएको म्याद थपजस्ता समस्याहरूले निर्माण उद्योगलाई अत्यन्त संकटमा धकेलेको दाहालको भनाइ छ ।

उनले भने, ‘निर्माण उद्योग अब ‘कोमा’ स्थितिमा पुगेको छ, प्रशासनको लाचारी र निर्माण सामग्रीको मूल्यवृद्धि जस्ता समस्याले यो उद्योगलाई गम्भीर अवस्था पुगेको छ’।

महासंघले समस्याको समाधानका लागि प्रधानमन्त्री, उपप्रधानमन्त्री र अन्य सरोकारवालासँग बारम्बार भेटघाट गरेको भए पनि ठोस समाधान नआएको उल्लेख गरेको छ । महासंघले ‘राष्ट्रिय भेला’ को म्यान्डेटअनुसार चरणबद्ध आन्दोलन कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स