सार्वजनिक खरिद ऐन अनुसार काम नगर्ने १२ ठेकेदार कम्पनी परे कालोसूचीमा

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा ठकेदार कम्पनीलाई कालोसूचीमा समावेश गरेको छ । सार्वजनिक खरिद ऐन अनुसार काम नगरेको भन्दै १ वर्ष देखि ३ वर्षसम्म अवधीको लागि कालोसूचीमा राखिएको बताइएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना जारी गर्दै पुस १७ गतेको निर्णयानुसार कालोसूचिमा समावेश गरिएको बताएको हो ।

सूचनामा भनिएको छ, ‘सार्वजनिक खरिद ऐन, २०६३को दफा ६३ को उपदफा (१) बमोजिम निर्माण व्यवसायी\आपूर्तिकर्ताहरूलाई १ वर्ष देखि ३ वर्ष अवधीको अवधिसम्म कालो सूचीमा राखिएकोले उक्त निर्माण व्यवसायी\आपूर्तिकर्ताहरूले कालो सूचीमा राखिएको अवधि र सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने व्यहोरा जानाकारी गरिन्छ ।’

तर निर्माण व्यवसायीहरु भने सरकारको नीति नै गलत भएको र ऐन नियमावली अनुसार काम नै गर्न नसकिने बताउँदै आएको छ ।

साथै सरकारको समेत भुक्तानी नदिने समस्या रहेको बताउँदै आएको छ ।
सरकारको नीति विरुद्ध आन्दोलन नै गर्ने भन्दै आज पत्रकार सम्मेलन समेत राखेको छ ।

यी हुन कालो सूचीमा समावशे हुने कम्पनी-

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स