खल्ती डिजिटलको पहिलो प्रमुख कार्यकारी अधिकृतमा विनय खड्का नियुक्त

काठमाण्डौ । जानकी टेक्नोलोजीद्वारा प्रवर्धन गरिएको भुक्तानी प्रदायक सेवा खल्ती डिजिटलले पहिलो प्रमुख कार्यकारी अधिकृत पाएको छ।

बैंकिंग पृष्ठभूमीका यूवा विनय खड्कालाइ कम्पनीले प्रमुख कार्यकारी पदमा नियुक्त गरेको हो । यसअघि कम्पनीको समग्र व्यवस्थापन संस्थापक अमित अग्रवालले प्रबन्धक निर्देशकको हैसियतमा आफैंले सम्हाल्दै आएका थिए । प्रमुख कार्यकारी खड्का चार्टर्ड एकाउन्टेन्ट हुन् ।

भुक्तानी सेवा प्रदायकहरूबीच तीब्र प्रतिस्पर्धाको भीडमा कम्पनीलाइ नयाँ उचाइँ प्रदान गर्ने रणनीति अनुरूप प्रमुख कार्यकारी अधिकृतको पद सिर्जना गरिएको कम्पनी श्रोतको भनाइ छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स