एप्पलले गर्यो आईफोन १६ को ४ सिरिज सार्वजनिक, कति पर्छ नयाँ भर्सनको मूल्य ?

आईफोन १५ बिक्री बन्द

काठमाडौं । एप्पलले आईफोन १६ सिरिज सार्वजनिक गरेको छ । योसँगै एप्पलले आईफोन १५ प्रो र १५ प्रो म्याक्सको बिक्री बन्द गरेको छ । सोमबार राति आयोजित एप्पल इभेन्टमा कम्पनीले पुराना मोडेललाई निरन्तरता नदिने जानकारी गराएको हो ।

अब एप्पलका आधिकारिक स्टोरहरूबाट आईफोन १५ मोडेल किन्न पाइने छैन । एप्पलले नयाँ मोडल सार्वजनिक गरेपछि पुरानो मोडल बन्द गर्ने गरेको छ ।

एप्पलले आफ्नो मेगा इभेन्टमा आईफोन १६ सिरिज सार्वजनिक गरेको हो । यस सिरिज अन्तर्गत आईफोन १६, आईफोन १६ प्लस, आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्स फोनहरू लन्च गरिएको छ । कार्यक्रममा एप्पल वाच सिरिज १० र वाच अल्ट्रा २ पनि सार्वजनिक भएको हो ।

आईफोन १६ र आइफोन १६ प्लसको दुबै फोनको डिजाइनमा परिवर्तन गरिएको छ । रियर प्यानल क्यामराको डिजाइन परिवर्तन गरिएको हो ।

आईफोन १६ र प्लसमा एक्सन बटन प्रदान गरिएको छ । दुबै फोनहरूमा अल्ट्रामरिन, टिल, कालो, हरियो, गुलाबी, निलो, सेतो, पर्पल र पहेँलो रंगहरूमा खरिद गर्न सकिन्छ ।

 

आईफोन १६मा ६.१ इन्च डिस्प्ले रहेको छ र आईफोन १६ प्लसमा ६.७ इन्च डिस्प्ले छ । यसमा सेरेमिक शिल्डको सुरक्षा पाउन सकिनेछ र पिक ब्राइटनेस २,००० निट्स छ ।

क्यामराको कुरा गर्दा, दुबै फोनमा डुअल रियर क्यामरा रहेका छन् । यसमा प्राइमरी लेन्स ४८ मेगापिक्सल र दोस्रो लेन्स १२ मेगापिक्सेलको छ । सेल्फीका लागि अगाडि १२ मेगापिक्सेलको क्यामरा उपलब्ध हुनेछ। पछाडिको क्यामराका साथमा अल्ट्रा वाइड एंगलको सपोर्ट पाइनेछ।

आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्समा पहिले भन्दा बलियो टाइटेनियम बडी हुनेछ । जुन पहिलेको भन्दा हल्का पनि छ । दुबै प्रो मोडलहरू ब्ल्याक टाइटेनियम, ब्ह्वाइट टाइटेनियम, नेचुरल टाइटेनियम र डेजर्ट टाइटेनियम रङहरूमा खरिद गर्न सकिनेछ।

आईफोन १६ प्रोमा ६.३ इन्चको र प्रो म्याक्समा ६.९ इन्चको सुपर रेटिना एक्सडीआर अल्वेज अन डिस्प्ले पाउन सकिन्छ। सबैभन्दा ठूलो डिस्प्ले भएको एप्पलको पहिलो आईफोन प्रो म्याक्स हो।

कति रहेको छ मूल्य ?

आईफोन १६ को प्रारम्भिक मूल्य ७९९ डलर र आईफोन १६ प्लसको ८९९ डलर तोकिएको छ । नेपालमा आईफोन १६ को एक लाख ७ हजार भन्दा माथि हुने अनुमान गरिएको छ । यसैगरी, आईफोन १६ प्लसको प्रारम्भिक मूल्य एक लाख २० हजार भन्दा बढि पर्ने सम्भावना रहेको छ।

अर्काेतर्फ, आईफोन १६ प्रोको प्रारम्भिक मूल्य ९९९ डलर र आईफोन १६ प्रो म्याक्सको प्रारम्भिक मूल्य एक हजार १९९ डलर निर्धारण गरिएको छ । नेपालमा आईफोन १६ प्रोको एक लाख ३४ हजार बढि रुपैयाँ र आईफोन १६ प्रो म्याक्सको करिब एक लाख ६१ हजार रुपैयाँ पर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स