सबै मोबाइलमा चल्यो टिकटक, औपचारिक रुपमा प्रतिबन्ध हट्यो

काठमाडौं । सामाजिक संजाल एप टिकटक औपचारिक रुपमा खुल्ला भएको छ । नेपाल सरकारले प्रतिबन्ध हटाउने निर्णय गरेसँगै नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा र मोबाइल सेवा प्रदायकलाई टिकटकको प्रतिबन्ध हटाउन औपचारिक निर्देशन दिएको हो ।
यो निर्देशन सँगै सबैतिर टिकटक चल्न थालेको छ ।

प्राधिकरणले आज जारी गरेको सूरचनामा  मन्त्रिपरिषद् बैठकले यही भदौ ६ गते प्रतिबन्ध हटाउने निर्णय गरेकाले अर्को निर्णय नहुँदासम्म भएको रोक नलगाउन सेवाप्रदायकहरुलाई आग्रह गरिएको छ।

सूचनामा भनिएको छ, ‘नेपाल सरकार, मन्त्रिपरिषद्को २०८१\०५र\०६ गतेको बैठकबाट सामाजिक संजालको रुपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाईएको रोक हटाउने निर्णय भएको हुँदा अर्को निर्णय नहुँदासम्मको लागि टिकटकमा लगाईएको रोक हटाउन दूरसंचार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायकहरु र मोवाइल सेवा प्रदायकहरुलाई प्राधिकरणबाट निर्देशन छ ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स