काडमाडौं । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलको दुरसञ्चार सेवा सञ्चालनको इजाजतपत्र (लाइसेन्स) नवीकरण भएको छ ।
नेपाल दुरसञ्चार प्राधिकरणले आइतबार एनसेलले ५ अर्ब बुझाएर लाइसेन्स आगामी ५ वर्षका लागि नवीकरण गरेको नेपाल दुरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोफ पौडेलले हाम्रोअर्थलाई जानकारी दिए ।
‘आज उनसेलले ५ अर्ब बुझाएको छ’, उनले भने ‘ ५ वर्षको लागि अब एनसेलको लाइसेन्स नवीकरण भएको छ । बाँकी रकम एनसेलले प्रत्येक वर्ष ५/५ अर्बका दरले बुझाउँदै जान्छ ।’
एनसलेले ४ किस्तामा २० अर्ब रुपैयाँ तिर्नुपर्ने प्रवक्ता पौडेलले बताए । यसका लागि पहिलो किस्तावापत ५ अर्ब रुपैयाँ तिरेको छ भने अब यसले ३ किस्तामा १५ अर्ब रुपैयाँ तिर्नुपर्ने निर्णय नेपाल दुरसञ्चार प्राधिकरणले गरेको छ ।
एनसेलको २० वर्षको लागि पाएको इजाजतपत्रको नवीकरण बिहीबार नै सकिएको हो । यसलाइ सरकारले २५ वर्षको लागि दुरसञ्चार सेवा सञ्चालको इजाजत पत्र दिएको छ ।
यस्तो इजाजत पत्र लिएको १० वर्षपछि हरेक ५/५ वर्षमा नवीकरण गर्नुपर्छ । २५ वर्षे अवधि सकिएपछि एनसेल सरकारको नाममा आउने शर्तमा अन्तिम ५ वर्षको लागि इजाजतपत्रको नवीकरण गरिदिएको हो ।