काठमाडौं । शाओमी प्याड ५ नेपाली बजारमा सार्वजनिक भएको छ । ११ इन्चको डब्लूक्यूएचडी प्लस १२० हर्जको डिस्प्ले रहेको यो प्याडमा आकर्षक स्टेरियो स्पिकर राखिएको छ ।
साथै यसमा ७ एनएम क्वालकम स्न्याप ड्रागन ८६० चिपसेट प्रयोग गरिएको छ । उच्च क्षमताको ८७२० एमएएच ब्याट्री रहेको शाओमी प्याड ५ चाँडै शाओमीका आधिकारिक स्टोरबाट खरिद गर्न सकिनेछ ।
२ भेरियन्टमा शाओमी प्याड ५ उपलब्ध छ । ६ जीबी र्याम तथा १२८ जीबी भेरियन्टको मूल्य ४४ हजार ९९९ रुपैयाँ र ६ जीबी र्याम तथा २५६ जीबी भेरियन्टको ४९ हजार ९९९ रुपैयाँ तोकिएको छ । यी प्याड पर्ल ह्वाइट र कस्मिक ग्रे गरी २ कलर विकल्पमा उपलब्ध ।
प्याड ५मा एफ/२.० रहेको १३ मेगापिक्सेलको मेन क्यामेरा र एफ/२.० रहेको ८ मेगापिक्सेलकव फ्रन्ट क्यामेरा दिइएको छ । यसमा तपाईंले स्टाइलस सपोर्टको सुविधा समेत पाउन सक्नुहुनेछ । यो प्याड एन्ड्रोइड ११ मा आधारित मीयूआईमा सञ्चालन हुन्छ ।