सात इन्टरनेट कम्पनी लाइसेन्स खारेज

काठमाडौं । सात इन्टरनेट सेवाप्रदायक कम्पनीको लाइसेन्स खारेज भएको छ ।नेपाल दूरसंचार प्राधिकरणले लाइसेन्स खारेज गरेको हो ।

एक सूचना जारी नविकरण नगरेको हुनाले लाइसेन्स खारेज गरेको जानकारी दिएको हो ।
समयावधिभित्र नवीकरण नभएको प्राधिकरणले बताएको छ । खारेजीमा पर्नेमा जिल्ला स्तरका कम्पनीहरु रहेका छन् ।

ती कम्पनीहरुमा झापाको एसिया नेट कम्युनिकेसन प्रालि, मोरङको वशिष्ठ केबल नेट प्रालि र इन्फो नेट टेक्नोलोजी प्रालि, जुम्लाको सिम्पल इन्टेलिजेन्ट टेक्नोलोजी प्रालि, गुल्मीको फास्ट स्पिड लिंक नेटवर्क प्रालि, धनुषाको यस नेट प्रालि र काठमाडौंको मिथिला डिजिटल नेपाल प्रालि कम्पनी रहेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स