डिशहोम फाईबरनेटले इन्टरनेट र डिटीएच ग्राहकहरुका लागि ल्यायो विशेष ‘स्मार्ट अफर’

काठमाडौं । ग्राहकको सन्तुष्टि अभिवृद्धि गर्न र राम्रो मुल्य प्रदान गर्नको लागि, डिशहोम फाईबरनेटले आफ्नो विशेष ‘स्मार्ट अफर’ सार्वजनिक गरेको छ । जसले इन्टरनेट र डिटीएच (टी.भी) सेवाहरूमा विभिन्न उपभोक्ता उत्पादनहरूमा उल्लेखनीय छुटहरू प्रदान गर्दैछ।

‘स्मार्ट अफर’ का विशेषताहरु :
ग्राहकहरूले अब नयाँ इन्टरनेट र डिटीएच जडानहरू वा नवीकरणहरूमा विशेष अफरहरूको मजा लिन सकिने छ । ३३५० रूपैयाँ पर्ने मिभी डुओपोड्स के६ एअरबड्स यो अफरमा भने ग्राहकहरुले मात्र १६४९ रूपैयाँमा पाउन सकिने छ । त्यस्तै ९९९९ पर्ने फायर-बोल्ट ग्लेडिएटर स्मार्टवाच यो अफरमा मात्र २९९९ रूपैयाँमा लिन सकिने छ ।

डिजिटल होम इन्टरनेशनलबाट साना देखि ठूला होम अपलायनसेसमा विशेष छुट लिन सकिने छ ।

यो गज्जबको अफरहरू कसरी प्राप्त गर्ने :
एअरबड्स र स्मार्टवाच लिनको लागि न्यूनतम ६-महिना प्याकेजको साथ नयाँ डिशहोम फाईबरनेट वा डिटीएच कनेक्सन जडान गरेको हुनु पर्ने छ । अथवा आफुले चलाईरहेको डिशहोम फाईबरनेट वा डिटीएच कनेक्सको प्याकेज कम्तीमा ६ महिनाको लागि रिचार्ज गर्न सकिने छ।

होम अपलायनसेसमा भारी छुट लिनको लागि भने ग्राहकवर्गले १२ महिनाको ईन्टरनेट वा डिटीएच नयाँ जडान वा रिचार्ज गरेको भएदेखी सबै डिएचआई प्रोडक्टहरुमा १८% छुट पाउन सक्नेछन् । त्यसतै २४-महिने ईन्टरनेट प्याकेज नयाँ जडान वा रिचार्ज गर्दा भने २४% छुट पाउने छन् ।

यो विशेष अफरले डिशहोमका ग्राहकहरुका लागि मनोरञ्जन अनुभवलाई अपग्रेड मात्र गर्दैन तर अत्यावश्यक घरेलु उपकरणहरूमा पनि पर्याप्त बचत प्रदान गर्दछ। यस सीमित-समयको अफरको फाइदा लिन ग्राहकहरूलाई उहाहरुको फाइदाहरू अधिकतम बनाउन प्रोत्साहित गरिन्छ।

स्मार्ट अफरको बारेमा थप सहयोग वा सोधपुछका लागि, ग्राहकहरूले डिशहोम फाईबरनेटको ग्राहक सेवा केन्द्र ९८०१५४४००० मा सम्पर्क गर्न सक्छन् । अथवा आफु नजिकै रहेको डिशहोमको डिलर दाई कहाँ सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स