काठमाडौं । सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम विश्वभर डाउन भएका छन् । मंगलबार राति विश्वव्यापी रूपमा मेटाका यी प्लेटफर्म डाउन भएका हुन् । अन्तर्राष्ट्रिय संचार माध्यमहरुका अनुसार मेटा कम्पनीको सर्भर डाउन भएको छ ।
विशेषगरी अकाउन्ट आफैं लगआउट हुने देखिएको छ । मंगलबार बिहानैदेखि फेसबुकमा विभिन्न समस्या देखिरहेका थिए । विशेषगरी पोस्ट अपडेट गर्दा वा एडिट गर्दा पोस्ट अपडेट र एडिट नहुने समस्या देखिएको थियो ।
अहिले भने सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताले अकाउन्ट एकाएक लगआउट हुने समस्या देखिएको भन्दै गुनासो गरेका छन् । टु फ्याक्टर अथेन्टिकेसन कोड राख्दा पनि त्यस्तो कोड इनकरेक्ट देखाइरहेको छ । मेटाले सेवा अवरुद्ध भएको बारे केही प्रतिक्रिया दिएको छैन