सोनीलिभ र टेलिनेटबीच साझेदारी, नेपालबाटै भुक्तानी गर्न सकिने

काठमाडौं । सोनी पिक्चर्स नेटवर्कस् ईण्डियाको लोकप्रिय ओटीटी प्लाटफर्म, सोनीलिभले टेलिनेट प्रालिसँग नेपालमा सब्सक्रिप्सन वितरण गरी सहजै उपभोक्ताहरुलाई स्थानीय बिलिङ च्यानल मार्फत भुक्तानी गर्न सक्ने सुविधा उपलब्ध गराएको छ ।

यो ओटीटी प्लाटफर्म आईओएस, एण्ड्रोइड र वेवमा उपलब्ध छन् र यसमा नेपालमा प्रसारण अधिकार प्राप्त मनोरञ्जनका विशिष्ट ओर्जिनल र प्रीमियम सामाग्रीहरुको ठूलो भण्डार समावेस रहेको छ ।

नेपालका ग्राहकहरुले www.gfsarena.com वेवसाइटमा गई सोनीलिभका सब्सक्रिप्सन विभिन्न डिजिटल वालेटहरु ई-सेवा, आइएमई पे वा खल्तीबाट भुक्तानी गरी तुरुन्तै किन्न वा नवीकरण गर्न सकिन्छ ।

नेपालमा पहिलो पटक विश्वविख्यात अनडिमाण्ड ओटीटी प्लाटफर्म सोनीलिभले टेलिनेट प्रालिसँग मिलेर आफ्नो सेवा विस्तार गरेको हो । यो एक आधिकारिक वितरक पुनविक्रेता हो ।

सोनीलिभका सव्सक्राइबरहरुले वेवसिरिज, चलचित्र, अन्तर्राष्ट्रिय सामाग्री, विशिष्ट खेलकुद सामाग्री, आदि यही प्लाटफर्म मार्फत हेर्न सक्नुहुनेछ । प्रयोगकर्ताहरुले यी सामाग्रीहरु मोबाइल डिभाइसहरुमा साथै टिभीमा हेर्न सक्नुहुनेछ भने कुनै पनि सदस्यले ५ वटासम्म प्रोफाइल बनाउन पाउनुहुनेछ ।

रमेश कर्पको इकाई टेलिनेट प्रालि नेपालमा स्थापित आइटी कम्पनी हो । जसले टेलिकम अपरेटरहरुलाई थप सुविधाका साथै एप्लिकेसन डेभलप्मेन्ट, क्लाउड कम्पयुटिङ्ग, एमहेल्थ र नेपालमा एसएमएस र टेलिभोटिङ्ग प्लाटफर्म उपलब्ध गराउँदछ ।

रमेश कर्प नेपालको एक अग्रणी कम्पनी हो र म्यानुफ्याक्चरिङ्ग डिभाईस, बैकिङ्ग तथा बीमा, खानी, जलविद्युत, सुचना प्रविधि, सवारी साधन र विद्युतीय उपभोग्य साधन जस्ता धेरै क्षेत्रहरुमा विस्तारित कम्पनीहरुको एक समूह हो । यस साझेदारीले नेपालमा दुवै साझेदारहरुको थप उपभोक्ता-केन्द्रित उद्देश्यहरुका लागि सँगै काम गर्न नयाँ आयामहरु सुनिश्चित गर्ने गर्ने टेलिनेटका प्रमुख कार्यकारी अधिकृत नवान्कुर सुदले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स