काठमाडौं । पुँजीगत लाभकर विषयमा कानुनी दण्ड खेपीरहेको एनसेलमाथि फेरि अर्को रिट दायरा भएको छ । मेलेसियन कम्पनी आजियाटाले एनसेलमा रहेको ८० प्रतिशत सेयर बिक्री गरेपछि उक्त विषय फेरि अदालत पुगेको छ । लामो समयदेखि पुँजीगत लाभकरको विषयलाई लिएर मुद्दा मामिला खेपी रहेको एनसेलको सेयर अर्को नयाँ कम्पनीलाई बिक्री गरेपछि उक्त विषय फेरि अदालत पुगेको हो ।
आजियाटा विरुद्ध अधिवक्ता गोकुलबहादुर रोकायाले गत शुक्रबार उच्च अदालतमा रिट दायर गरेका हुन् । उनले एनसेलले आईपीओ जारी गर्नु पर्नेमा नगरेको भन्दै रिट दायरा गरेका हुन् । आजियाटाले उक्त सेयर सतिशलाल आचार्यको स्पेकट्रलाइट युके लिमिटेडलाई बिक्री गरेको हो । अधिवक्ता रोकायाले एनसेल पब्लिक कम्पनीमा नगएको भन्दै रिट दायरा गरेका हुन् ।
कम्पनी ऐन, २०६३ को पहिलो संसोधनको (२०७४/०१/१९) दफा १२ मा ५ करोडभन्दा बढी चुक्ता पुँजी भएको दूरसंचार सेवा प्रदायक कम्पनिले २ वर्ष भित्र पब्लिक लिमिटेड गइसक्नु पर्ने अनिवार्य व्यवस्था गरेको छ । यस्तो कानुनी व्यवस्था भएपनि एनसेल उक्त अवधिमा भित्र पब्लिक लिमिटेडमा रुपान्तरण नभएको रिटमा उल्लेख गरिएको छ ।
कम्पनी ऐनको दफा १२ ले तोके बमोजिम पब्लिक लिमिटेडमा परिणत गर्न लगाइ सर्वसाधरणको पहुँचका लागि सेयर बिक्रि वितरण खुला गर्नु गराउनु पर्ने दायित्व र जिम्मेवारी भए पनि एनसेलले सेयर जारी नगरेको रिटमा उल्लेख छ ।
निवेदक रोकायाले नेपाल धितोपत्र बोर्डमा दर्ता भई सार्वजनिक खरिद बिक्रिका लागि सेयर निस्कासन नगरेसम्म एनसेलको सेयर बिक्री वितरण वा हस्तान्तरण गर्न नपाउने गरी आदेश दिन माग गरेका छन् । अधिवक्ता रोकायाले गत शुक्रबार उच्च अदालतमा रिट दायर गरेका थिए । अदालतले दुवै पक्षलाई बोलाइ पनि सकेको छ ।
आजियाटाले ६ अर्ब ६६ करोड रुपैयाँमा ८० प्रतिशत सेयर स्पेकट्रलाइट युके लिमिटेडलाई बिक्री गरेको हो । यसमध्ये ५० लाख अमेरिकी डलर ६ महिनाभित्र भुक्तानी गर्ने सहमती भएको छ ।