चौधरी ग्रूपले नेपालमा भित्र्याउने भयो नोथिङ ब्राण्डका सामान

काठमाडौं । नेपालमा बेलायती कम्पनी नोथिङ ब्राण्डका सामानहरु आउने भएको छ । चौधरी ग्रुप (सिजी)ले उक्त ब्राण्डको सामान नेपाल भित्र्याउन लागेको हो ।

चौधरी ग्रूपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आफ्नो सामाजिक सञ्जालमार्फत आफूहरुले नेपालमा नोटिङ ब्राण्डका प्रडक्टहरू ल्याउन लागेको जानकारी गराएका हुन् । बुधबार बिहान उनले सामाजिक सञ्जालमार्फत् नोथिङ र सीजीबीच साझेदारी भएको जानकारी गराएका छन् ।

नोथिङ पछिल्लो समयमा विश्वव्यापी बजारमा चर्चित बन्दै गएको टेक कम्पनी हो । मुख्य गरि स्मार्टफोन र एयरफोनहरूको उत्पादन गर्ने यो कम्पनीको सुरुवात ३ वर्षअघि भएको थियो । वानप्लस मोेबाइलका पूर्व संस्थापक समेत रहेका कार्ल पाईले यो कम्पनीको सुरुवात गरेका थिए । गत वर्ष डिसेम्बरसम्म नोटिङको १० लाखभन्दा धेरै प्रोडक्टहरु बिक्री भएको फोनएरिनाले जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स