१२० हर्जयुक्त रियलमी ८ आई बजारमा, शुरुवाती मूल्य २३ हजार ८००

काठमाडौं । रियलमीले नेपाली बजारमा रियलमी ८ सिरिज अन्तर्गत नयाँ स्मार्टफोन ८आई सार्वजनिक गरेको छ । सस्तो मूल्यमा स्मार्टफोन उपलब्ध गराउँदै आएको कम्पनीले नेपाली प्रयोगकर्तामाझ १२० हर्जयुक्त कम्पनीको पहिलो स्मार्टफोन उपलब्ध गराएको हो ।

स्मार्टफोन ८ आई ४ जीबी र्याम र १२८ जीबी रोमको मूल्य २३ हजार ७९९ रुपैयाँ र ६ जीबी र्याम र १२८ जीबी रोममको मूल्य २७ हजार १९९ रुपैयाँ तोकिएको छ ।

९०.८ प्रतिशत स्क्रिन-टु-बडी रेसियोयुक्त फोनमा ६.६ इन्चको फुल स्क्रिन छ ।

जी९६ प्रोसेसर रहेको फोनमा ७ जीबीसम्म भर्चुअल र्‍याम बढाउन सकिने सुविधा दिइएको छ । त्यस्तै फोनमा ५००० एमएएच क्षमताको ब्याट्री छ, जसका लागि १८ वाटको फास्ट चार्जर छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स