ओपो ए ७८ नेपाली बजारमा सार्वजनिक

काठमाडौं । ओपोले नेपालमा नयाँ ओपो ए७८ लन्च गरेको छ ।

कम्पनीका अनुसार यस फोनमा एफएचडींएएमओएलईडी डिस्प्ले, डुअल स्टेरियो स्पिकरहरू, लाइटनिङ-फास्ट ६७डब्लू सुपरभूसीटीम फ्ल्यास चार्ज र लामो समयसम्म चल्ने ५ हजार एमएएच ठूलो ब्याट्री, कलरओएर १३.१ लगायत अपग्रेडहरू रहेका छन् ।

ए७८ लाई चार वर्षसम्म निर्बाध रूपमा प्रदर्शन प्रदान गर्न निर्माण गरिएको कम्पनीको दाबी छ ।

पछाडिको कभरमा डायमण्ड म्याट्रिक्स डिजाइनको साथ अल्ट्रा-स्लिम रेट्रो डिजाइन रहेको छ । ए७८ स्न्यापड्रागन ६८० मोबाइल प्लेटफर्मद्वारा सञ्चालित छ ।

फोनमा ८ जीबी र्याम २५६ जीबी रोम कन्फिगरेसन एसडी कार्ड स्लट मार्फत एक टीबी सम्मको अतिरिक्त भण्डारण रहेको छ ।

यसमा अधिकतम ८ जीबी र्याममा अस्थायी रूपमा फ्रि रोम स्पेसलाई रूपान्तरण गर्न सकिन्छ ।

ए७८ दुई ताजा, ट्रेंडी कलर फिनिशमा उपलब्ध छ ( एक्वा ग्रीन र मिस्ट ब्ल्याक । यसको मूल्य ३२ हजार ९९९ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स