भीभोे वाई २१ नेपाली बाजारमा, यस्तो छ मूल्य र विशेषता

काठमाडौं । भीभो कम्पनीले भीभो वाई सिरिजको नयाँ स्मार्ट फोन ब्राण्ड भीभोे वाई २१ नेपाली बाजारमा ल्याएको छ ।

भीभो वाई २१ आकर्षक डिजाइन सहित भरपर्दो सेवा दिन सक्ने गरी बनाइएको भीभो नेपालका प्रमुख कार्यकारी अधिकृत मार्सले बताए ।

यस स्मार्ट फोनमा सुपर स्लिम वडीका साथै ५००० एम्.ए.एच ब्याट्री र १८ वाट फाष्ट चार्जर रहेको छ । जसले गर्दा यस फोनमा ब्याट्री लाइफ लामो समय सम्म टिकने र चलाउन आरामदायी हुनेछ ।

यसमा भएको अन्य विशेषता मध्य स्ट्रङ्ग मेमोरी र आकर्षक ८.० एम्. एम् स्लीम वडी डिजाइन पनि हो । जसले गर्दा ग्राहकको आर्कषणलाई यस फोनले खिच्दछ ।

यस फोनमा ६.५१ इन्च डिस्प्ले स्क्रिन छ ।

वाई २१ स्मार्टफोन मेटालिक क्यु र डाइमण्ड ग्लो कलरमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

नेपाली बजारमा यस फोनको खरीद मूल्य २२ हजार ९९९ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स