शाओमीको एक्सचेन्ज अफर, कुनै पनि ब्रान्डको स्मार्टफोनहरूसँग नयाँ फोन अपग्रेड गर्न सकिने

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले भव्य एक्सचेन्ज अफरको सार्बजनिक गरेको छ । जस मार्फत ग्राहकहरूले कुनै पनि ब्रान्डको आफुले हाल चलाउँदै गरेको स्मार्टफोनहरूसँग नयाँ शाओमी, रेडमी वा पोको फोन साटेर, अपग्रेड गर्न सक्नेछन् । साथै ग्राहकहरुले रेडमी १२ ५जी खरिद गर्न चाहेमा थप १ हजार रूपैयाँ छुट पनि पाउने छन् ।

यस पहलका साथ शाओमीले ग्राहकहरूलाई आफ्नो इकोसिस्टममा सामेल हुन सहज र किफायती तरिका प्रदान गर्दै अत्याधुनिक प्रविधिलाई विशाल दर्शकहरू माझ पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ । ग्राहकहरूलाई आफ्नो पुरानो स्मार्टफोनहरू साट्नका लागि सुनौलो अवसर प्रदान गर्दै शाओमीले इलेक्ट्रोनिक वस्सट घटाउने र दिगोपन प्रवर्द्धन गर्ने प्रतिबद्धता दर्साउँदछ ।

एक्सचेन्ज अफरको बारेमा चर्चा गर्दै, शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित पाण्डाले भने, ‘यो एक्सचेन्ज अफर हाम्रा ग्राहकहरूमाझ ल्याएर ग्राहकहरूलाई अझ बढी किफायती मूल्यमा हाम्रा स्मार्टफोनहरूको .गुणस्तर र नवीनतम सुविधाहरू प्रस्तुत गर्न पाउँदा हामी निकै उत्साहित छौँ । यसैबीच रेडमी १२ ५जी को खरिदमा थप १ हजार रूपैयाँ छुट प्रदान गर्दै हामी हाम्रा ग्राहकहरूलाई शाओमी रोज्नुभएकोमा आभार व्यक्त गर्न चाहन्छौँ ।’

ग्राहकहरूले शाओमीको कुनै पनि आधिकारिक रिटेल स्टोरमा गई ट्रेड–इन प्रक्रिया सुरु गरेर सरल रूपमा नै एक्सचेन्ज अफरको लाभ लिन सक्नेछन् । ग्राहकहरूले ‘नयाँ पुरानो एक्सचेन्ज’ मोबाइल एपबाट आफ्नो हालको फोनको अवस्था जाँच गरी तत्काल मूल्यांकन गर्न सक्नेछन् । नयाँ शाओमी, रेडमी वा पोको स्मार्टफोनको मूल्यबाट मूल्यांकन रकम घटाएर अपग्रेड गर्न खोज्ने टेक इन्थुसिअस्तहरुका लागि यो अफर अझै आकर्षक बन्दछ ।

अत्याधुनिक ५जी कनेक्टिभिटी, शक्तिशाली प्रोसेसर, आकर्षक डिस्प्ले र प्रभावशाली क्यामेरा सहितको रेडमी १२ ५जी खरिदमा १ हजार रूपैयाँ को विशेष छुटमा ग्राहकहरूले थप सहुलियत प्राप्त गर्नेछन् । यो सीमित–समयको अफरले ग्राहकहरूलाई शाओमीको नवीनतम प्रविधिलाई अँगाल्ने सुनौलो अवसर मात्र नभई खरिदमा पर्याप्त बचत पनि सुनिश्चित गर्दछ।

शाओमीको एक्सचेन्ज अफर जुन २ देखि राष्ट्रव्यापी रूपमा उपलब्ध गरिएको छ । ग्राहकहरूलाई यो उल्लेखनीय अवसरको फाइदा उठाउन र नयाँ शाओमी स्मार्टफोनमा अपग्रेड गरेर शाओमी इकोसिस्टमको पूर्ण लाभ उठाउन प्रोत्साहित गरिन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स