काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी नोट १२ ५जी नेपाली बजारमा सार्वजनिक गरेको छ । यो रेड्मी नोट १२ ५जी कनेक्टटीभीटिको साथ आएको छ । प्रयोगकर्ताहरूले यस फोनकोे उच्च गतिको साथमा सहज ब्राउजिङ, स्ट्रिमिङ, र डाउनलोडिङ अनुभव लिन सक्नेछन् ।
लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, ‘ रेड्मीमा हामीले हाम्रो उपभोक्ताहरुलाई ध्यान मा राखेर हाम्रो ऊत्पदनहरु ल्याउछौं जसले हामीलाई उचित मूल्यमा नवीनतम प्रविधि थप पहुँचयोग्य बनाउन प्रेरित गर्दछ । रेड्मी नोट १२ ५जी नेपाली बजारमा लन्च गर्न पाउँदा हामी निकै उत्साहित छौं । रेड्मी नोट १२ ५जी ले हाम्रा प्रयोगकर्ताहरूलाई ५जी कनेक्टिभिटी र असाधारण कार्यसम्पादन सुनिश्चित गर्दछ । हामी विश्वस्त छौं कि यो स्मार्टफोनले हाम्रा ग्राहकहरूको अपेक्षाहरू पार गर्नेछ र उनीहरूको स्मार्टफोन अनुभवलाई समृद्ध बनाउनेछ ।
AMOLED डिस्प्लको साथमा 120Hz को उच्च रिफ्रेस दर
उत्कृष्ट १२०Hz AMOLED को उच्च रिफ्रेस रेट डिस्प्ले सहित, रेड्मी नोट १२ छन् ले अतुलनीय तस्विर गुणस्तर र सहजता प्रदान गर्दछ । चाहे वेब ब्राउज होस् वा सोशल मिडिया स्क्रोल वा मोबाइल गेमिङ्ग, यसको 120Hz AMOLED डिस्प्लेले प्रयोगकर्ताहरुलाई दैनिक आधारमा विश्वसनीयता प्रदान गर्दछ । यसको ६.६७“ डिस्प्लेले DCI–P3 वाइड कलर गामट, रिडिङ मोड, Netflix HD र थप कुराहरूलाई समर्थन गर्ने र इमर्सिभ दृश्य अनुभव प्रदान गर्दछ । रेड्मी नोट १२ छन् को साथमा प्रयोगकर्ताहरूले लक स्क्रिनमा डबल ट्याप गरेर मात्र महत्वपूर्ण सूचनाहरू र अन्य उपयोगी जानकारीहरूसंग अद्यावधिक रहन सक्छन् ।
यसको सेटिङहरू अनुकूलन गरेर, प्रयोगकर्ताहरूले आफ्नो डिस्प्लेमा हेर्न चाहेको कुरा, समय, मिति, ब्याट्री क्षमता, वा आफ्नो मनपर्ने आदर्श वाक्य पनि छनोट गर्न सक्छन् । अत्यन्त सन्तोषजनक र प्रयोग गर्नको लागि रमाइलो, रेड्मी नोट १२ छन् को उज्यालो र स्पष्ट डिस्प्लेले बाहिरी वातावरणमा पनि सामग्री र तस्बिरहरू स्पष्ट रुपमा प्रदान गर्दछ ।
प्रभावशाली प्रदर्शन, परिष्कृत मनोरञ्जन अनुभव
6nm प्रक्रियामा निर्मित शक्तिशाली Snapdragon® 4 Gen 1 संग सुसज्जित, रेड्मी नोट १२ छन् ले प्रभावशाली प्रदर्शन प्रदान गर्दछ । प्रयोगकर्ताहरूको लागि परिष्कृत शक्ति दक्षता र डुअल छन् सिम कार्ड समर्थनको साथमा डन्द्य सम्मको च्ब्ः र द्दछट न्द्य भण्डारणले प्रयोगकर्ताहरुलाई थप एपहरू चलाउन छिटो गतिमा स्विच गर्न सक्षम बनाउँदछ । परिष्कृत मनोरञ्जन अनुभवको आनन्द लिन, प्रतिक्रिया दिन, सामाजिक सञ्जालमा सामग्री छिटो पोस्ट गर्न र साथीहरूसँग उच्च ग्राफिक मोबाइल गेमहरू खेल्न सक्नुहुन्छ । छन्द्य कनेक्टिभिटीको साथमा अब प्रयोगकर्ताहरुले गेमहरू र अपडेटहरू छिटो डाउनलोड गर्न सक्नुहुन्छ ।
घघध् फस्ट चार्जिङको साथ लामो समयसम्म चल्ने ब्याट्री
लामो ब्याट्री लाइफ र फास्ट चर्जिंग क्षमता भएकोले प्रयोगकर्ताहरूका लागि च्भमmष् ल्यतभ ज्ञद्द छन् ले भरपर्दो, दिर्घकालिन पावर प्रदान गर्दछ । यसको छ,ण्ण्ण्mब्ज ब्याट्रीले यस उपकरणलाई भारी प्रयोग स्तै भिडियोहरू स्ट्रिम गर्ने, इन्टरनेट ब्राउज गर्ने र लामो समयसम्म गेमहरू खेल्नेको लागि उपयुक्त बनाउँछ । यो दैनिक आधारमा विश्वसनीयता प्रदान गर्दै, रेड्मी नोट १२ ले एमएमटी टेक्नोलोजीको साथ घघध् को प्रभावकारी चार्जिङ प्रक्रिया सुनिश्चित गर्दछ ।
ट्रिपल क्यामेरा सेटअप तथा स्लीक डिजाइन
अल्ट्रा–वाइड र म्याक्रो क्यामेरा लेन्सहरू सहितको ४८ मेगापेक्सल ट्रिपल क्यामेरा सेटअपसँग सुसज्जित, रेड्मी नोट १२ ५जी ले उत्कृष्ट तस्बिर र भिडियो प्रदर्शन गर्दछ। यसले नाईट मोडमा पनि अद्भुत दृश्यहरू खिच्न सक्छ । यसको पोर्ट्रेट मोडले फिल्डको प्राकृतिक गहिराइ सिर्जना गर्छ जसले तपाईंको विषयलाई भीड वा व्यस्त पृष्ठभूमिबाट अलग राख्न मद्दत गर्दछ । पातलो र हल्का तौलको डिजाइनले फोन होल्ड गर्न सहज र लामो समयसम्म टिकाउ हुन्छ। डट डिस्प्ले, स्टाइलिश फ्ल्याट फ्रेम र कर्भ ब्याकको साथमा रेड्मी नोट १२ ५जी ले प्रिमियम लुक र अनुभव प्रदान गर्दछ । यो स्माटफोन Onyx Gray, Forest Green, Ice Blue गरि तीन रंगमा उपलब्ध छ ।
बजार उपलब्धताः
रेड्मी नोट १२ ५जी Onyx Gray, Forest Green, Ice Blue गरि तीन रंगमा र ६ जीबी + १२८ जीबी र ८ जीबी + २५६ जीबी गरि दुई भेरियन्टहरूमा उपलब्ध छ ।
६ जीबी + १२८ जीबी र ८ जीबी + २५६ जीबी भेरियन्टमा उपलब्ध यो फोनको मूल्य क्रमशः रु २९,९९९ र रु ३१,९९९ रहेको छ ।
रेड्मी नोट १२ ५जी नेपालभरका सबै अधिकृत मि स्टोरहरू र शाओमीका अधिकृत रिटेलरहरूमा जेठ २८ देखि उपलब्ध हुनेछ ।