ब्लु-टूथ कलिंग सुविधा युक्त नेपाली स्मार्टवाच ‘अल्टिमा वाच म्याजिक’ सार्वजनिक, यस्तो छ मूल्य

काठमाडौं । अल्टिमा लाइफस्टाइलले, एक गुणस्तरीय वेरेवल एसीसोरीज (पहिरन वस्तु) उत्पादनहरुको लागि परिचित उदयीमान नेपाली ब्रान्ड, आफनो नवरचनात्मक उत्पादन ‘अल्टिमा वाच म्याजिक’ बजारमा सार्वजनिक गरेको छ । अल्टिमा लाइफस्टाइल एक किफायती र सस्तो मूल्यमा प्रभावशाली ध्वनी र उत्कृष्ट प्रदर्शन दिने उत्पादनहरुको लागि संगीत उत्साही र व्यायाम उत्साही माझ परिचित रहेको छ । यो अत्याधुनिक स्मार्ट वाचमा आकर्षक मूल्य र उत्कृस्ट विशेषताहरुको उत्तम संयोजन छ, जसका कारण टेक–प्रेमी व्यक्तिहरूको लागि यो आवश्यक छनोट हुनेछ । अल्टिमा वाच म्याजिक मात्र ३५९९ रूपैयाँमा दुबै अनलाइन र अफलाइन खरिदका लागि उपलब्ध छ ।

अल्टिमा वाच म्याजिकमा १.८३ इन्चीको समेट्रिकल र स्मूथ अल्ट्राभ्यू डिस्प्ले रहेको छ । यसमा उच्च प्रविधीको स्वास्थ्य जाच्ने क्षमता साथै पातलो र आरामदायक प्रीमियम सिलिकन स्ट्र्याप (ब्याण्ड) पनि जडित छ जसले गर्दा दिनभर आरामले घडी लगाउन सकिनेछ । यो स्मार्टवाच निर्बाध रूपमा सजिलै अल्टिमा स्मार्ट आप संग कनेक्ट हुन्छ ।

यति मात्र नभई यो स्मार्ट वाच आइपी६८ पानी प्रतिरोधक छ भने यसमा ११० भन्दा बढी स्पोर्ट्स मोडहरू, अटो स्लीप, र बल्ड अक्सिजन ट्र्याकिंग प्रविधि पनि रहेको छ जसले गर्दा प्रयोगकर्ताहरूलाई स्वस्थ र सक्रिय जीवनशैली ज्ञापन गर्न उत्साहित गर्नेछ । यी प्रभावशाली सुविधाहरूको सूचीमा अल्टिमा वाच म्याजिकले यो मूल्य खण्डमै पहिलो पटक निकै नै गर्वका साथ १.८३” डिस्प्ले सहितको बीटी कलिंग (ब्लु–तूथ) विशेषता पनि समावेश गरेको छ ।

कम्पनीको परिकल्पना हरेक नेपालीहरुमा टेक्नोलोजी प्रयोग गरी स्वस्थ र खुशी जीवन सम्भव तुल्याउन सकोस भन्ने रहेको छ । यही परिकल्पनालाई प्रबर्धन गर्नको लागि अल्टिमा लाइफस्टाइलले हालसालै स्वास्तीमा खड्कालाई आफ्नो कम्पनीको उत्पादनहरुको ब्राण्ड एम्बासदर घोषणा गरेको थियो । स्वास्तीमाको युवा जोश र सक्रिय जीवनशैली ब्रान्डको आदर्श अनुरुप मेल खान्छ, जसले गर्दा उनी कम्पनीको परिकल्पना प्रवर्धन गर्न सही छनोट हुन पुगेका हुन् । नयाँ प्रविधिको प्रयोग, इन्जिनियरिङ् नवीनता र किफयिती मूल्य निर्धारण गरि अल्टिमाको लक्ष्य व्यापक ग्राहकहरुको विविध रुचि र शैली माझ आफ्नो पहुँच विस्तार गर्ने रहेको छ । यसको उल्लेखनीय सुविधाहरू र किफायती मूल्य निर्धारणले स्मार्टवाचको बजार लाइ पुनः परिभाषित गर्नेछ ।

अल्टिमा वाच म्याजिक सहित अल्टिमा लाइफस्टाइलका उत्पादनहरु लोकप्रिय अनलाइन प्लेटफर्महरु दराज र नेपालभरका अफलाइन स्टोरहरूमा उपलब्ध छन् । विशिष्ट ग्राहक सेवा प्रति ब्रान्डको प्रतिबद्धतालाई हालै सम्पन्न ‘दराज सेलरस मीत’ मा ’द फास्टेस्ट डेलिभरी अवार्ड’ बाट सम्मानित गरिएको थियो जसमा ७०० भन्दा बढी ब्रान्ड र बिक्रेताहरुको सहभागीता थियो ।

अल्टिमा वाच म्याजिक आधिकारिक रूपमा जेठ, ४ २०८० (मे १८, २०२३) देखि बजारमा उपलब्ध हुनेछ । वाच म्याजिकको पहिले नै बजार मूल्य ३,५९९ रूपैयाँ तय भएपनि अल्टिमाले दराजका पहिलो १०० ग्राहकहरू र ज्गपगत का पहिलो ५० ग्राहकहरूका लागि विशेष परिचयात्मक मूल्य २,९९९ रूपैयाँ मा वाच म्याजिक उपलब्ध गराउने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स