रियलमीले ल्यायो टीयूभी राइनल्याण्ड उच्च विश्वसनीय सर्टिफीकेट प्राप्त पहिलो फोन सी २१ वाई

काठमाडौं । विश्वमा तिव्र गतिमा बजार विस्तार गर्दै गएको स्मार्टफोन कम्पनी रियलमीले टीयूभी राइनल्याण्ड उच्च विश्वसनीय सर्टिफीकेट प्राप्त पहिलो स्मार्टफोन सी २१ वाई सार्वजनिक गरेको छ । उत्कृष्ट गुणस्तरमा विश्वास गर्ने रियलमीले नवीनतम् उत्कृष्ट फिचरका साथ सी २१ वाई स्मार्टफोन ल्याएको हो । यसमा ६.५ इन्च सुपर नाइटस्केपसहित तीनवटा क्यामेरा रहेका छन् । यसैगरी एचडी प्लस मिनी ड्रप फुलस्क्रिन, १२ एनएम ओक्टाकोर प्रोसेसर र ५ हजार एमएएच् ब्याट्री पनि उपलब्ध छ । रियलमी सी २१ वाई युवा पुस्तालाई मध्यनजर गरी निर्माण गरिएको प्रगतिशील स्मार्टफोन हो ।

टीयूभी राइनल्याण्ड उच्च विश्वसनीय सर्टिफीकेट
टीयूभी राइनल्याण्डले सबैतर्फको व्वसाय, सुरक्षा र गुणस्तर राख्ने विश्वास राख्दछ । सन् २००६ मा टीयूभी राईनल्याण्ड दीगोपनको प्रवद्र्धन र भ्रष्टाचारविरुद्धको लडाईका लागि संयुक्त राज्य वैश्विक उत्पादनको सदस्य बनेको थियो । टीयूभी राइनल्याण्ड उच्च विश्वसनीय सर्टिफीेकेटले विद्युतीय सामग्रीका ग्राहकलाई उच्च गुणस्तरीय सामान प्रदान गर्नुका साथै विश्वका मुख्य बजारमा उद्योगको मापदण्ड पूरा गर्ने प्रवन्ध गर्छ ।

रातमा उत्कृष्ट तस्विरका लागि सुपर नाइटस्केप मोडसहितको एआई त्रिपल क्यामेरा
रियलमी सी २१ वाईमा १३ मेगापिक्सलको प्राथमिक क्यामेरा छ जसले चार गुणासम्म जुम गर्न सक्नुका साथै पीडीएफ अटोफोकसको पनि समर्थन गर्छ । फोटो दिनको उज्यालोमा मात्रै नभएर मधुरो र अँध्यारो वातावरणमा पनि चम्किलो, कलरपूर्ण र स्पष्ट खिच्न यस क्यामेराले सक्दछ । पिक्सल स्तर नक्सा अंकित अल्गोरिथमद्धारा क्रोम बढाउन पनि यसले मद्दत गर्छ । ब्राइटनेस र कलरले फराकिलो दायरामा उत्कृष्ट स्क्रिन कन्ट्रास्ट र भिभिड कलर्सको सुविधा दिएका छन् । सेल्फी क्यामेराले ट्रेन्डसेटिङ्ग फोटोग्राफीका लागि एआई ब्युटी, एचडीआर मोड, पोट्रेट मोड र फिल्टर डिजाइन समर्थन गर्दछ ।

६.५ इन्च एचडी प्लस मिनी ड्रप फुलस्क्रिन, भिडियोमा धेरै सन्तुष्टी र गेमिङ अनुभूति
रियलमीमा ६.५ इन्चको एचडी प्लस मिनी ड्रप फुलस्क्रिन रहेको छ जुन स्क्रीनदेखि बडीसम्मको अनुपात ८९.५ प्रतिशत बढी हुनुका साथै स्लेन्डर अनुपात २०ः९ रहेको छ । जसकारण यो सामाजिक सञ्जाल चलाउन तथा स्क्रोल गर्न पनि धेरै सहज र उत्कृष्ट छ ।

शक्तिशाली गेमिङ सफ्टवेयरका लागि अक्टा-कोर १२ एनएम प्रोसेस
इन्टेरियरमा युनीसोक टी ६१० प्रोसेसरका साथ रियलमी सी २१ वाई यो सेग्मेन्टकै बलियो स्मार्टफोनका रुपमा आएको छ । युनिसोक टी ६१० एक अक्टाकोर १२ एनएम प्रोसेसर हो, जुन १.८ गीगाहर्जसम्म छ । सीपीयु १(८ गेजाहर्जमा ए७५ एस र १.८ गीगाहर्जमा ६ पावर सेभिङ ए ५५ कोर गरी दुई उत्कृष्ट प्रदर्शनीलाई सम्बोधन गर्छ । जीपीयु शक्ति प्रभावकारी माली जी ५२ मा उपलब्ध छ, जुन ६१४.४ मेगाहर्जसम्म पुग्न सक्छ ।

अल्ट्राफास्ट फिङ्गगरप्रिन्ट अनलक, जसले तपाईँको फोनको सुरक्षा गर्छ
रियलमी सी २१ वाई अल्ट्राफास्ट फिङ्गगरप्रिन्ट अनलक समर्थन गर्दछ, जुन सेकेन्डमै अनलक हुनसक्छ भने फेस रिकग्नेसन अनलक पनि यसले समर्थन गर्दछ । जसकारण एकैपटक छुने बित्तिकै सुरक्षित माध्यमद्धारा अनलक हुन्छ । फिङ्गगरप्रिन्ट र फेस रिकग्नाइज सुविधा भएकाले जोकोहीले फोन अनलक गर्न सक्दैन र तपाईँको फोनमा भएका डेटा सुरक्षित रहन्छन् ।

यसैगरी रियलमी सी २१ वाईमा ३ कार्ड स्लट छन्, जसमा डबल सीम राख्न सक्नुका साथै र एउटा २५६ जीबीसम्मको एसडी कार्ड राखेर मेमोरी दायरा बढाउन सकिन्छ । यो नीलो र कालो गरी दुई कलरमा उपलब्ध छ । यो पकडका लागि सहज छ, स्क्राच र धब्बाको प्रतिरोध गर्दछ ।

निष्कर्ष
रियलमी सी २१ वाई ब्याट्री रिजर्भ चार्जिङसहितको ५ हजार एमएएच् ब्याट्री र सुपर पावर सेभिङ मोडमा उपलब्ध छ । यसले ट्रेन्डसेटिङ्ग त्रिपल क्यामेरा र ५ एमपी सेल्फी क्यामेरा अपग्रेड गरेको छ । यसमा युनिसोक टी ६१० १२ एनएम प्रोसेसर, ६.५ इन्च एचडी प्लस मिनी फुलस्क्रिन, फिङ्गरप्रिन्ट सेन्सर र १ एसडी कार्डसहितको ३ स्लट लगायतका सुविधा छन् । कालो र नीलो दुई कलरमा एक ज्यामेतिय कला डिजाइनमा यसको डिजाइन गरिएको छ ।

रियलमीको बारेमा

रियलमी एक विश्वव्यापी उदीयमान उपभोक्ता प्राविधिक कम्पनी हो जसले अत्याधुनिक प्रविधिहरु सुलभ बनाएर स्मार्टफोन र ब्क्ष्यत् बजारमा आफ्नो उपस्थिति जनाइरहेको छ । यसले युवाहरुलाई किफायती मूल्यमा स्मार्टफोन र प्रिमीयम स्पेक्स, क्वालिटी र ट्रेन्डसेडिङ्ग डिजाइन सहितको लाइफस्टाइल टेक्नोलोजी डिभाइसहरु उपलब्ध गराउँदछ ।

२०१८ मा “Dare to Leap” को नारा सहित ‘स्काइ ली’ ले स्थापना गरेको रियलमीे विश्वको सातौँ ठूलो स्मार्टफोन कम्पनी हो । २०२१ को दोस्रो क्वाटर सम्ममा रियलमीले विश्वको ६१ वटा बजारमा आफ्नो उपस्थिति जनाइसकेको छ । चीन, दक्षिणपूर्वी एसिया, युरोप, रुस, अष्ट्रेलिया, मध्य पूर्व, अफ्रिका र ल्याटिन अमेरिकी राष्ट्रहरुमा १० करोड भन्दा बढी रियलमी को प्रयोगकर्ता छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स