सामसुङले नेपालमा ल्याउँदैछ ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५जि.

काठमाडौं । इन्टरनेटभरी व्यापक हल्ला छ कि, सामसुङको नयाँ ए-सिरिजका स्मार्टफोनहरु नेपाल आउनका लागि तयारी अवस्थामा छन् । सामसुङ ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५जिको विश्वव्यापी बिक्री शुभारम्भ भएसंगै नेपाली बजारमा सामसुङको सर्वप्रिय ए-सिरिजका अत्युत्तम नयाँ संस्करणका फोनहरुले कहिले प्रवेश पाउने हुन् भनेर त्यसको वास्तविक मिति थाहा पाउन सर्वत्र चासो बढेको छ ।

अब भनें ती नयाँ स्मार्टफोनहरु नेपाल आउने पक्का भए जस्तो देखिन्छ । सामसुङ नेपालको आधिकारिक सामाजिक सञ्जालका प्लेटफर्महरुमा त्यसलाई चाँडै नै उपलब्ध गराउने आशयका केही टिजर पोस्टहरु देखिएका छन् ।
नयाँ ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५जि विश्वव्यापी रुपमा बिक्री शुभारम्भ भइसकेका छन् र विशेष गरी तिन्मा भएका तीन लेन्सयुक्त रेअर क्यामरा र नाइटोग्राफी जस्तो मुख्य विशेषताहरुमा पहुँच भएकोले यसप्रति हरकोहीको ध्यान आकर्षित भएको पाइएको छ ।

दुवै स्मार्टफोनहरु तिनीहरुको प्रारम्भिक लेन्सका साथ केही अपग्रेडका साथ आएका छन् । ग्यालेक्सी ए३४ ५जि ४८ एमपि प्राइमेरी क्यामरा र २ एमपि म्याक्रो लेन्सका साथ आएको छ भनें ग्यालेक्सी ए५४ ५जिमा ५ एमपि म्याक्रो लेन्ससहित ५० एमपि प्राइमेरी रहेको छ । दुवै फोनहरुमा ८ एमपिको अल्टा वाइड एँगल लेन्स जडित छ ।

यी लेन्सहरुले माथि उल्लेख गरिएको नाइटोग्राफी विशेषता, ब्लर कम भएको रात्रीकालीन फोटो÷भिडियो, इन्हान्सड ओआइएस, पिक्सेल अटो फोकसका साथ गुणस्तरीय फोटोग्राफी पाउने छन् र तपाईंको जीवनका अत्युत्तम पलहरु क्याप्चर गर्ने सकिने छ ।

दुवै ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५जिलाई १२०हर्जको रिफ्रेस दरमा अपग्रेड गरिएकोले यसमा भएकाृ सुपर एमोलेड डिस्प्लेमार्फत् प्रयोगकर्ताहरु उनीहरुको रोजाईंमा ढुक्क हुनसक्छन् । यी फोनहरु अतुलनीयरुपमा बलिया पनि छन्, यसका पानी र धुलो प्रतिरोधक आइपि६७ र कर्निङ्ग गोरिल्ला ग्लास ५ सुरक्षण र सामसुङको सिग्नेचर नक्स सेक्युरिटी को साथ, जुन सबै प्रयोगकर्ताहरुका लागि उपलब्ध छन् ।

ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५जि मा ५ वर्षको सुरक्षा अद्यावधिक र ४ वर्षको ओएस अपग्रेडहरुको ग्यारेन्टी पनि दिइएको छ । यी विशेषताहरले प्रयोगकर्ताहरुलाई उनीहरुको स्मार्टफोनको जीवनचक्रलाई अधिक बनाउन पछिल्लो सफ्टवेयर र सुरक्षामा पहुँच दिनेछन् ।

सामसुङ ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५जिको डिजाइन ग्यालेक्सी एस२३ को मुख्य डिजाइनसंग मिल्दोजुल्दो रहेको छ, जुन यसको सबैभन्दा ठूलो अपील मध्येको एक हो । तपाईंले मध्यम खालको मुल्यमा सामसुङको मुख्य बनावट पाइरहनु भएको छ । सामसुङले ए–सिरिजको शृँखलामा यी नवीनतम संस्करणहरुद्वारा एक अर्को खोजपूर्ण कार्य ल्याएको छ । ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५जिले यसका प्रयोगकर्ताहरुको जिन्दगीमा साँचो अनुपम अनुभूति ल्याइदिनेछ र यी तयार छन् अब चाँडै नै नेपालमा सार्वजनिक हुने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स