भोलिबाट मकवानपुरमा क्यान इन्फोटेक प्रदर्शनी हुने

काठमाडौं । भोलिबाट कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) मकवानपुरको आयोजनामा क्यान इन्फोटेक प्रदर्शनी हुने भएको छ । क्यानले भोलि (चैत २ गतेदेखि चैत ६ गते) सम्म आइकन सफ्ट क्यान इन्फोटेक २०२३ इन एसोसिएसन विथ एम बैंक सञ्चालन गर्न लागेको हो ।

क्यान महासंघ, जिल्ला शाखा मकवानपुरले वि. सं. २०६३ सालदेखि पटकपटक गरि ६ पटक इन्फोटेक (सूचना प्रविधि प्रदर्शनी) सम्पन्न गरिसकेको छ । यसपटक क्यान महासंघ जिल्ला शाखा मकवानपुरले बागमती स्तरीय आइकन सफ्ट क्यान इन्फोटेक २०२३ इन एसोसिएसन विथ एम बैंक आयोजना गर्न लागेको हो । प्रदर्शनी चैत्र २ गतेदेखि शुरु भई ६ गतेसम्म रोयल पार्टी प्यालेसमा चल्ने यस प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ ।

आइकन सफ्ट प्रालि मुख्य प्रायोजक तथा एम बैंक सहप्रायोजक रहेका यस प्रर्दशनीको उद्घाटन् कार्यक्रममा बागमती प्रदेशका सामाजिक बिकास मन्त्री माननीय कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहने छ ।

यसैगरि सहयोगी संस्थाहरुमा जिल्ला समन्वय समिति मकवानपुर लगायत मकवानपुर जिल्लाका स्थानीय निकायहरु रहेका छन् । यस कार्यक्रममा राष्ट्रिय स्तरको रोबोटिक प्रतियोगितात्मक प्रर्दशनी गरिनेछ । पब्जी टिडिएम गेमिङ टुर्नामेन्टको लागि फागुन ३० गते मंगलबारसम्म रजिष्ट्रेसन खुला गरिनेछ । विभिन्न विद्यालयहरुको इन्नेभेटिभ (नविनतम सिर्जना) हरुको समेत स्टल रहनेछ ।

प्रर्दशनीमा चैत्र ३ गते साइबर सुरक्षा सम्बन्धी सेमिनार, चैत्र ४ गते कृषि उत्पादन तथा प्रर्बद्धनका लागि डिजिटिलाइजेसन सेमिनार, र चैत्र ५ गते नेटवर्किङ र सीसीटीभी सम्बन्धि सेमिनार हुनेछ । मेला अवधिभर कम्प्युटर, प्रिन्टर आदिको सर्भिसिङ क्याम्प समेत चल्नेछ । यस्तै फ्रि मोबाइल सर्भिस क्याम्पको निमित्त मोबाइल एशोसिएसन अफ मकवानपुरद्धारा सञ्चालन गरिनेछ । माध्यमिक तहका विद्यालयहरुले शिक्षक प्रतिनिधी सहित कार्यक्रममा विद्यार्थीहरु सहभागि गराउन चाहेमा प्रवेशमा कुनै शुल्क लाग्ने छैन ।

यस प्रदर्शनीमा युवा, विद्यार्थी, शिक्षक, कर्मचारी, आइटी व्यवसायी, सञ्चारकर्मी लगायत विविध व्यक्तिहरुले भ्रमण गर्ने अपेक्षा क्यानले गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स