सामसुङ स्मार्ट प्लाजा अब धनगढी, कैलालीमा

धनगढी । नेपालका लागि सामसुङ इलेक्ट्रोनिक्सको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्सको सञ्जाल अन्तर्गत रहेको कृष्ण कन्हैया अर्डर एण्ड सप्लायर्सले पुष्पलाल चोक, धनगढी, कैलालीमा नयाँ सामसुङ स्मार्ट प्लाजाको शाखा स्थापना गरेको छ ।

प्रभाकर शमशेर थापा (उप-सभापति, हिम इलेक्ट्रोनिक्स) र कलाधर ठाकुर (कृष्ण कन्हैया अर्डर एण्ड सप्लायर्स)द्वारा २६ फाल्गुनमा सो प्लाजाको उद्घाटन गरिएको थियो।

सुविधा सम्पन्न यस सामसुङ स्मार्ट प्लाजा, ग्राहकहरूको माग र आवश्यकतालाई गुणस्तरीय सेवामार्फत सम्बोधन गर्न प्रतिबद्ध छ। ग्राहकहरूले अब आफ्ना पुराना उपकरण र फोनहरू ल्याइ सामसुङको नयाँ उपकरणहरूसँग पनि साट्न सक्नुहुनेछ। यससँगै, ग्राहकहरूले हुलास फिन सर्भ मार्फत सजिलै किस्ताबन्दिको सेवा पनि प्राप्त गर्न सकिने छ ।

यस सामसुङ स्मार्ट प्लाजाका संचालक शिव शंकर ठाकुर हुन् । उक्त अवसरमा प्लाजाका प्रबन्धक शिव शंकर ठाकुरले धनगढीका ग्राहकहरूको बढ्दो मागको आपूर्तिका निम्ति यस सुविधा सम्पन्न सामसुङ स्मार्ट प्लाजा सञ्चालनमा ल्याइएको बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स