खल्तीबाट सवारीको इएमआई भुक्तानी गर्दा १००% क्यास्ब्याक

काठमाडौं । खल्तीले आफ्ना प्रयोगकर्ताका लागि ‘इ एम आई डन-१००% रिटर्न’ अफर पूनः ल्याएको छ । यस अफर अन्तर्गत खल्ती प्रयोगकर्ताले आफ्नो सवारीको इ एम आई भुक्तानी गर्दा हरेक हप्ता एक जनाले १००% क्यास्ब्याक (५ हजार रुपैयाँको अधिकतम सीमाको साथ) प्राप्त गर्नेछन् ।

यस अफरमा सहभागी हुन खल्ती प्रयोगकर्ताले हुलास फिन सर्भ, जगदम्बा क्रेडिट एण्ड इन्ज्भेष्टमेन्ट, स्याकार होन्डा र इन्ज्भेष्टमेन्ट प्राइभेट लिमिटेड मध्ये कुनै एकको इ एम आई भुक्तानी गर्न सक्नेछन्। यो अफर बैशाख १ २०८० सम्म मान्य हुनेछ जसमा कुल ८ जनाले १००% क्यास्ब्याक जित्न सकिने छ ।

उक्त सुविधा बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘प्रविधिको परिवर्तन संगै बढ्दो डिजिटाइजेसनको आवश्यकतालाई मध्यनजर गर्दै हामीले विभिन्न क्षेत्रको सुबिधा उपलब्ध गराउदै आएका छौं। खल्तीमा भएको इ एम आई सुविधालाई व्यापक प्रयोगमा ल्याउन साथै डिजिटल कारोबारलाई अझ प्रोत्साहित गर्न हामीले यो अफर पुनः उपलब्ध गराएका हौं।’ उनले बताए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स