काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ ९क्यान महासंघ०को आयोजनामा मंगलबारदेखि क्यान इन्फोटेक २०२३ सुरु भएको छ । राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीमा हलमा ६ दिनसम्म सञ्चालन हुने यो बृहत सूचना सञ्चार प्रविधि प्रदर्शनीको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समुद्घाटन गरेकी छिन् ।
मोबाइल एपमार्फत पानसमा बत्ति बालेर मन्त्री शर्माले २८औं संस्करणको क्यान इन्फोटेक औपचारिक रुपमा उद्घाटन गर्नुभएको हो । सो अवसरमा ड्रोनबाट पुष्पवृष्टि समेत गरिएको थियो ।
प्रमुख अतिथिको आसनबाट बोल्दै मन्त्री शर्माले प्रविधिको प्रयोगले अहिले सेवा लिन र दिन सहज भएकाले यस क्षेत्रको विकासमा राज्यको सहयोग हुने बताए । ‘सेवा क्षेत्रमा प्रविधिको प्रयोग बढाउन सके विभिन्न ठाउँमा हुने गरेको अनियमितता कम हुन्छ,’ उनले भनिन् ‘यसकारण सरकार र मन्त्रालय यो क्षेत्रको विकासका लागि निरन्तर लाग्ने छ ।’
मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रमा योजनाबद्ध काम गर्न आफूले पहल गरिरहेको बताए । विगतमा राजीनतिक अस्थिरताका कारण राज्यले सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिन नसकेको चर्चा गर्दै उहाँले आफ्नो नेतृत्वमा योजनाबद्ध ढंगले काम गर्ने प्रतिबद्धता जनाए ।
साथै चाँडै नै आईटी कानुन बनाइ यस क्षेत्रको व्यवस्थापन गर्न ध्यान दिने पनि उनले उल्लेख गरे । सूचना प्रविधि क्षेत्रलाई शिक्षा, कृषिलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरा महत्वपूर्ण रहेको उनको भनाइ थियो ।
नेपाल सरकारले सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन तथा यस क्षेत्रमा देखिएका समस्याको समाधानका लागि निजी क्षेत्र र सरोकारवालाको सहयोग आवश्यक रहेको पनि उनले बताए ।
क्यान इन्फोटेक समुदेघाटन समारोहमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमै तयार भएका वस्तु एवं सेवालाई राज्यले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।
महासंघले भिजन २०२० मा आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउँदै उनले स्वदेशमा दक्ष जनशक्ति तयार पारी उनीहरूलाई यहि अवसर दिन सरकारसँग सहज वातावरणको माग राखे ।
त्यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपालमा सूचना प्रविधि सम्बन्धी स्पष्ट नीति र एकद्धार प्रणाली नहुँदा यो क्षेत्र पछि परेको औंल्याउनुभयो । सूचना प्रविधिको विकासमा ध्यान दिन सके मुलुक आत्मनिर्भर बन्ने विश्वास उहाँले व्यक्त गरे ।
त्यस्तै नेपाल उद्योग परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डेले सूचना प्रविधि क्षेत्रमा विदेशी कम्पनी एवं वैदेशिक लगानी भित्र्याउन सके देशले लाभ उठाउनसक्ने विचार राखे । साथै उहाँले आईटी शिक्षामा कोटा प्रणाली अन्त्य हुनुपर्ने मागसमेत राखे ।
क्यान महासंघका अध्यक्ष रणजीत पोदारले विश्वमा आर्थिक मन्दीको त्रास र नेपालमा वैदेशिक मुद्रा सञ्चितीमा देखिएको समस्याका बीच सूचना प्रविधि व्यवसाय अगाडि बढिरहेको बताए ।
सरकारले सहज नीति र कार्यक्रम ल्याउने हो भने आईटी क्षेत्रबाट मनग्गे वैदेशिक मुद्रा भित्र्याउन र लाखौंको रोजगारी सिर्जना गर्न सकिने बताए । यस क्षेत्रमा आवश्यक नीति र पूर्वाधारको सही व्यवस्थापन हुन नसक्दा देशको राष्ट्रिय सुरक्षा र हितमा खलल पुग्नेगरी देशभित्र र देशबाहिरबाट साइबर हमलाको खतरा भइरहेको पनि उनले उल्लेख गरे ।
डिजिटल नेपालको फ्रेमवर्कले लिएको सार्वजनिक निजी साझेदारीको माध्यमबाट विश्वसनीय सूचना तथा सञ्चार प्रविधि पूर्वाधार स्थापना र यसैसँग सम्बन्धित पछिल्लो समय विद्युत पोल भाडाको विषयमा देखिएको समस्याको समाधानका लागि अध्यक्ष पोदारले मन्त्री शर्मासँग अभिभावकीय भूमिकाको अपेक्षा राखे ।
क्यान इन्फोटेक २०२३ को टाइटल स्पोन्सर इन्फोडेभर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले नेपाली पुँजी, सीप र मेहनतलाई राज्यले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । स्वदेशमै उत्पादित उत्पादनको प्रवद्र्धनका लागि उहाँले नेपाल सरकारको प्रेरणादायी भूमिका आवश्यक रहेको वितार राखे ।
क्यान इन्फोटेक २०२३ को एसोसिएट स्पोन्सरमा डिशहोम फाइबरनेट रहेको छ । त्यस्तै डायमण्ड स्पोन्सरमा नेपाल टेलिकम, गोल्ड स्पोन्सरमा माया एनिमेसन एकेडेमी, ह्वावे र सिल्भर स्पोन्सरमा एस पावर, अन सिक्का, डिजिकम रहेका छन् ।
टिकेटिङ पार्टनरमा पेवेल, बैकिङ पार्टनरमा कुमारी बैंक लिमिटेड, इन्सुरेन्स पार्टनर आई एम ई जनरल इन्सुरेन्स, नलेज पार्टनर लर्ड बुद्ध एजुकेसन फाउन्डेसन, ट्रेनिङ पार्टनरमा इन्टरनेशनल स्कुल फर स्किल्स, फुड एण्ड बेभरेज पार्टनर र्याकेट बार एण्ड इभेन्ट्स, भर्चुअल एक्जिबिसन पार्टनर मण्डला सिस्टम, सीसीटीभी पार्टनर ई थ्रिरी सेल्स एण्ड सर्भिसेज र एसएमएस पार्टनर स्पारो एसएमएस रहेका छन् ।
प्रदर्शनीस्थलमा रहेको ब्रान्डिङ कक्षमा देश–विदेशका विभिन्न कम्पनी एवं ब्रान्डहरूको उपस्थिति रहेको छ । यसअन्तर्गत फिन्टेक , इन्टरनेट सेवाप्रदायक, टेलिकम सेवाप्रदायक, हार्डवेयर सेल्स तथा मेन्टेनेन्स, पावर सोलुसन्स लगायत छन् ।
त्यस्तै यसपटक स्टार्टअप, इनोभेसन, कलेज तथा तालिम केन्द्रहरू, सफ्टवेयर सोलुसन्सका साथै कम्प्युटिङ डिभाइससँग सम्बन्धित कम्पनीका लागि विशेष स्थान दिइएको क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । उनँका अनुसार मेलामा कुल २०० स्टल रहेका छन् ।
मेलामा प्रदर्शनीकर्ता कम्पनीहरूले आफ्ना वस्तु तथा सेवा उपभोक्तामाझ प्रवर्द्धन गरेका छन् । साथै यही अवसरमा कम्पनीहरूले आफ्ना उत्पादनमा ‘क्यान इन्फोटेक अफर’ दिँदै छुट योजना पनि सार्वजनिक गरेका छन् । आफ्ना उपभोक्तासँग नजिकिन कम्पनीहरूले अन्तर्क्रिरया र रमाइला खेल समेत सञ्चालन गरेका छन् ।
साथै क्यान इन्फोटेक अवसर पारी नेपाल पर्यटन बोर्डको सभाहलमा माघ २५ गतेदेखि २८ गतेसम्म क्यान आईसीटी सम्मेलन हुँदैछ । यसअन्तर्गत माघ २५ गते इन्डस्ट्री र एकेडेमियाबीचको ग्यापका विषयमा सेमिनार हुनेछ । माघ २६ गते ब्लकचेन प्रविधि र माघ २८ गते फिनटेक र नेपालमा इन्टरनेट इकोसिस्टम गरी दुई विषयमा सेमिनार हुनेछ ।
नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको ठूलो उत्सवका रुपमा परिचित क्यान इन्फोटेकलाई भव्यताका साथ आयोजना गर्न नेपाल सरकार र मातहतका निकायहरु, सूचना प्रविधि व्यवसायी, नीति निर्माता एवं विज्ञ समूह, शिक्षण संस्था, सञ्चारकर्मी एवं प्रविधिप्रेमी सर्वसाधारणलाई क्यान महासंघले विशेष अनुरोध गरेको छ ।
क्यान महासंघबारे
सन् १९९२ मा स्थापना भएको कम्प्युटर एसोसिएसन नेपाल महासंघ ९क्यान महासंघ० नेपालमा सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ, संघ÷संस्था र व्यवसायीहरुको छाता संगठन हो । यो गैरराजनीतिक, गैरनाफामूलक चरित्रको संस्था हो ।
यसले सूचना तथा सञ्चार प्रविधिसम्बन्धि व्यवसायी तथा विज्ञहरुको हक हितका लागि काम गर्दै आएको छ भने सूचना प्रविधिसम्बन्धी नीति निर्माण, कार्यान्वयन तथा सहजीकरण लगायतका कार्यक्रममा सरकारलाई आवश्यक सुझाव र सहयोग पनि दिँदै आएको छ । क्यान सन् २०१५ मा कम्प्युटर एसोसिएसन नेपाल महासंघमा रुपान्तरित भएको हो ।
––––––
सेयर धितो कर्जा हटाउनेमा होइन बढाउनेमा भइरहेको छ राष्ट्र बैंकमा छलफल
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत सेयर धितोमा दिने कर्जाको सीमा बढाउने देखिएको छ । लगानीकर्ताहरूले हाल कायम रहेको सेयर धितो कर्जाको सीमा हटाउन माग गरिरहेका छन् । पछिल्लो समय यस विषयमा अर्थमन्त्री तथा अर्थ मन्त्रालय समेत सकारात्मक देखिएपछि राष्ट्र बैंकमा पनि यस्तो कर्जाको सीमा बढाउनेमा छलफल भएको हो ।
सेयर धितो कर्जा १२ करोडको सीमा बढाएर २० देखि २५ करोडसम्म पुर्याउने, संस्थागत लगानीकर्तालाई लगाइएको सीमा हटाउनलगायतका विषयमा अहिले राष्ट्र बैंकमा छलफल चलिरहेको छ ।
अहिले सबै परिस्थिति सहज नभइ सकेकोले १२ करोडको सीमा हटाउँदा त्यसको असर बजारमा प्रत्यक्ष रुपमा देखिन सक्ने भन्दै राष्ट्र बैंकले सो सीमा बढाउने तर नहटाउने विषयमा छलफल गरेको हो ।
‘हाल कायम भएको १२ करोडको सीमालाई बढाएर २० देखि २५ करोड पुर्याउन विषयमा छलफल भएको राष्ट्र बैंक उच्च स्रोतले जानकारी दिएको छ ।
अहिले सेयर धितो कर्जा एउटै वा सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म लिन पाइने व्यवस्था मौद्रिक नीतिले गरेको छ । गत आवको मौद्रिक नीतिले एउटा बैंकबाट ४ करोड रुपैयाँ र बढीमा ३ बैंकबाट १२ करोडसम्म लिन पाउने व्यवस्था थियो । राष्ट्र बैंकको यो नीतिले रुदै हिडेका लगानीकर्ताले थोरै भए पनि राहत महसुस गरेका थिए ।
अघिल्ला कार्यकालमा सेयर बजारप्रति उदार बनेका अर्थमन्त्री विष्णु पौडेलले लगानीकर्तालाई सहज हुने नीति लिन गभर्नर महाप्रसाद अधिकारीलाई निर्देशन दिइसकेका छन् । पहिलो पटक विष्णु पौडले अर्थमन्त्री बन्दा सेयर बजारले करिब ७ सय विन्दुले बढेर १८८१ को टप लगाएको थियो भने डा।युवराज खतिवडा अर्थमन्त्री बनेर उनको कार्यकाल सकिएपछि अर्थमन्त्री बनेका विष्णु पौडेलको अर्थमन्त्रीको कार्यकालमा बजार दोस्रो पटक बढेर ३२ सय विन्दुलाई चुमेको थियो ।
त्यसयता तल ओर्लन थालेको बजार १४ सय विन्दुले घटिसकेको छ । यसैबीच तेस्रो पटक अर्थमन्त्री बनेका पौडेलको तेस्रो इन्ट्रीसँगै बजार माथि उक्लनेमा लगानीकर्ताहरू विश्वस्त छन् र नीतिगत सुधार पनि हुन्छ भन्ने विश्वास लगानीकर्तामा रहेको पाइन्छ ।
त्यसैले अर्धवार्षिक समीक्षले सेयर बजारलाई सहज बनाउने नीति लिने अनुमान गर्न सकिने जानकारहरूको बुझाइ छ । यता, गभर्नर पनि एमालेबाटै नियुक्त भएका र उनको एमाले प्रति विशेष झुकाव रहेको देखिन्छ । यसआधारमा पनि उनले अहिलको अर्थमन्त्रीलाई सपोर्ट गर्न कै लागि भएपनि यसमा विचार गर्ने देखिएको छ । यतिमात्रै होइन अर्थमन्त्री तथा स्वयम प्रधानमन्त्रीबाट समेत केहि निर्देशन आएको र अर्थतन्त्रमा समेत केहि सुधार देखिएकोले उनले यो पटक सेयर धितो कर्जाको विषयलाई पुनरावोलकन गर्ने निश्चित छ ।
कहिले सार्वजनिक होला मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा रु
मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ को प्रथम संशोधन, २०७९ ले त्रैमासिक तथा अर्धवार्षिक समीक्षा हरेक त्रैमास समाप्त भएको ३० दिनभित्र सार्वजनिक गरिसक्नुपर्ने व्यवस्था गरेको छ । जसअनुसार माघ अन्तिमसम्ममा केन्द्रीय बैंकले अर्धवार्षिक समीक्षा गरिसक्नुपर्छ । सोही अनुसार नै तयारी सुरु गरिएको अनुसन्धान विभागका प्रमुख श्रेष्ठले बताए ।
तथापि, माघ अन्तिमसम्म अर्धवार्षिक समीक्षा गर्न नसकिए पनि फागुनको पहिलो साताभित्रै सार्वजनिक हुने उनको भनाइ छ । अघिल्लो वर्ष पनि केन्द्रीय बैंकले फागुन पहिलो सातामै मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको थियो ।