काठमाडौं । टेलि कम्युनिकेशन कम्पनी युटिएल टेलिकमले सरकारलाई तिर्न बाँकी रहेको बक्यौता रकम तिर्न सूचना जारी गरेको छ । युटिएलले सरकारलाई ५ अर्ब ३० करोड रुपैयाँ तिर्न बाँकी रहेकोले ताकेता गर्दै सूचना जारी गरेको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणले सोमबार सूचना जारी गर्दै युनाइटेड टेलिकम लिमिटेडले नेपाल दूरसञ्चार प्राधिकरण तथा नेपाल सरकारको बाँकी बक्यौता रकम ५ अर्ब ३० करोड ९४ लाख ४९ हजार १५३ रुपैयाँ तिर्न भनेको
सूचनामा उल्लेख गरे अनुसार यो रकम सरकारलाई २०७९ पुस मसान्तसम्म कायम हुन आएको जम्मा बाँकी रकम रहेको छ ।
युटिएलले लामो समयसम्म रकम दाखिला नगराएकाले बाँकी रहेको सम्पूर्ण बक्यौता रकम माघ मसान्तसम्म बुझाउन भन्दै प्राधिकरणले सूचनामार्फत ताकेता पनि गरेको छ ।