इसेवाको मधेश प्रदेशको जनकपुरधाममा आफ्नो प्रादेशिक कार्यालय संचालनमा

काठमाडौं । इसेवाले मधेश प्रदेशको जनकपुरधाममा आफ्नो प्रादेशिक कार्यालय संचालनमा ल्याएको छ। योसँगै इसेवाले हरेक प्रदेशमा आफ्ना क्षेत्रीय कार्यालय स्थापना गर्न सफल भएको छ।

हरेक महानगरपालिका, नगरपालिका, गाउँपालिकादेखि वडा कार्यालयसम्म आफ्नो उपस्थिति जनाएको इसेवाले आफ्ना सेवा र सुविधालाई अझ सुविधापूर्ण र सरलस्कृत गर्दै अगाडि बढ्ने उद्देश्यका साथ क्षेत्रीय कार्यालय विस्तार गरेको हो।

प्रादेशिक कार्यालय जनकपुरको मिल्स् एरियामा जनकपुर उपमहानगरपालिका उपमेयर किशोरी शाह र इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले संयुक्त रुपमा उद्घाटन गरे। अबदेखि दुई नम्बर प्रदेशका ग्राहक तथा एजेन्टले इसेवाका सम्पूर्ण सेवा तथा सुविधा प्रादेशिक कार्यालयमार्फत सहज ढंगले प्रयोग गर्न पाउनेछन्।

देशभर १ लाख ६५ हजारभन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको इसेवाबाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा करिब १ करोड ७० लाख जनसंख्याले सेवा लिइरहेका छन्। इसेवाको मोबाइल एप डाउनलोड गर्नेको संख्या पनि करिब ७० लाख पुगिसकेको छ।

इसेवाबाट इन्सयोरेन्सको प्रिमियम भुक्तानी मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स