प्रिमियम स्मार्टफोन रियलमी १० प्रो प्लस फाइभ जी नेपाली बजारमा, यस्तो छ मूल्य र विशेषता

काठमाडौं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भईरहेको स्मार्टफोन ब्रान्ड रियलमीको फ्ल्यागशिप लेबल कर्भ भिजन डिस्प्ले सहितको प्रिमियम स्मार्टफोन रियलमी १० प्रो प्लस फाइभ जी नेपालमा उपलब्ध भएको छ । मिडरेन्जको सबैभन्दा प्रिमियम मानिएको यो फोन कर्भ्ड भिजन डिस्प्लेको कारण पहिलै देखि बजारमा चर्चित छ ।

रियलमी १० प्रो प्लस फाइभ जी यो सेग्मेन्टकै पहिलो फोन हो जसमा फ्ल्यागशिप लेबल १२० हर्जको कर्भड भिजन डिस्प्ले रहेको छ । त्यस्तै यसमा २१६० हर्ज पिडब्ल्युएमको डिमिङ रहेको छ जुन नेपालकै पहिलो हो । ९३.६५ % स्क्रिन–टु–बडी रेसियो भएको यो फोनको मोटाइ भने जम्मा २.३३ मिमि रहेको छ जसले गर्दा यो फोन अत्यन्तै स्लिम पनि छ । यो रियलमीको कर्भ्ड डिस्प्ले स्मार्टफोनमै सबैभन्दा न्यारो बटम बेजेल पनि हो ।

त्यस्तै गरी यो संसारकै सबैभन्दा पहिलो ओएलइडि डिस्प्ले हो जसले टियुभि रेनल्यान्ड फ्लिकर फ्री सर्टिफिकेट पनि पाएको छ । अत्यन्तै आकर्षक हाइपरस्पेस डिजाइन र अल्ट्रा–लाइट बडी भएको यस रियलमी टेन प्रो प्लसको तौल पनि जम्मा १७३ ग्राम रहेको छ जुन अत्यन्तै हलुका हो । त्यस्तै यसमा ५००० एमएएचको शक्तिशाली ब्याट्रि रहेको छ जुन १७ मिनेटमै ५०% सम्म चार्ज हुन सक्छ । चिपसेटको कुरा गनुपर्दा यसमा डाइमेन्सिटी १०८० ५ जी चिपसेट रहेको छ जसमा ६ न्यानोमिटरको हाइ एफिसियन्सी प्रोसेसर र ५,२०,००० AnTuTu बेन्चमार्क रहेको छ ।

त्यस्तै यसमा फ्ल्यागशिप लेभलकै १०८ एमपिको क्यामरा रहेको छ । नोनापिक्सेल टेक्नोलोजी युक्त यी क्यामराहरुले अत्यन्तै क्लियर तस्बिर लिन सक्छन । साथ-साथै यी क्यामराहरुमा सुपर ग्रुप पोर्ट«ेट, वान टेक, र स्ट्रिट फोटोग्राफि मोड ३.० जस्ता फिचरहरु छन् जसले वाटरमार्क सहित एकदमै राम्रो तस्बिरहरु लिन सक्छन् ।

आकर्षक हाइपरस्पेस गोल्ड रंगमा उपलब्ध रियलमीको अहिलेको बजार मुल्य ४५ हजार ९ सय ९९ रूपैयाँ रहेको छ भने यसमा स्टोरेज अप्सन ८ जिबि+१२८ जिबि रहेको छ ।

पौष ९ गते शनिबारदेखि नेपालभरी उपलब्ध हुने यस रियलमी टेन प्रो प्लस फाइभ जी किन्ने ५० जना भाग्यशाली ग्राहकहरुले रियलमीको तर्फबाट एउटा सफारी ब्याग उपहारको रुपमा प्राप्त गर्नेछन् । त्यस्तै गरी ६,७ र ८ गते दराजबाट किन्दा २००० रूपैयाँ सम्मको फ्ल्याट डिस्काउन्ट पनि प्राप्त गर्न सक्नेछन् ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स