एक वर्षमा ३९ प्रतिशतले बढ्यो इन्टरनेटको प्रयोग

काठमाडौं । नेपालमा एक वर्षको अवधिमा इन्टरनेटको प्रयोग ३९.१९ प्रतिशतले वृद्धि भएको छ । २०७७ असार २ करोड २२ लाख ३७ हजार ५६७ इन्टरनेट प्रयोगकर्ता थिए । २०७८ असारसम्म उक्त संख्या ८७ लाख १६ हजार ५७८ ले ३ करोड ९ लाख ५४ हजार १४५ पुगेको छ ।

कोभिड-१९ महामारीका घरबाटै काम, अध्ययन, भर्चुअल गोष्ठी, अनलाईन गेमलगायतको गतिविधि धेरै हुँदा इन्टरनेटको प्रयोग बढेको हो ।

इन्टरनेटको सबैभन्दा धेरै उपभोग नेपाल टेलिकममार्फत् भएको छ । १ करोड ६७ लाख २९ हजार २२९ जना नेपाल टेलिकमको इन्टरनेट प्रयोगकर्ता छन् । २०७७ असारसम्म नेपाल टेलिकमका इन्टरनेट प्रयोकर्ता १ करोड ८ लाख २५ हजार ८५४ जना थिए ।

एनसेल ७५ लाख ५ हजार ५९४ इन्टरनेट प्रयोगकर्ता सहित दोस्रो स्थानमा छ । २०७७ असारमा एनेसलका इन्टरनेट प्रयोगकर्ता ६७ लाख १० हजार ४८८ जना थिए ।

इन्टरनेट सेवा प्रदायक (आईएसपी) का ग्राहक ६५ लाख ५२ हजार ५६७ जना छन् । २०७७ असारमा उनीहरुका ग्राहक ४४ लाख ९८ हजार ०७७ जना थिए । एउटा फिक्स इन्टरनेटको प्रयोग ४.८८ जनाले गर्छन भन्ने मान्यता अनुसार उक्त संख्या निकालिएको हो । आईएपीबाट १६ लाख ३२ हजार ७६४ संघसंस्था, परिवारले सुविधा लिइरहेका छन् ।

स्मार्ट टेलिकमका इन्टरनेट प्रयोगकर्ता १ लाख ६६ हजार ७४६ जना छन् । २०७७ असारमा स्मार्ट टेलिकमका इन्टरनेट प्रयोगकर्ता २ लाख ३ हजार १४८ जना थिए । अन्य सेवा प्रदायकको इन्टरनेट प्रयोगकर्ता वृद्धि भइरहेको अवस्थामा स्मार्ट टेलिकमको भने ग्राहक घटेको देखिन्छ । स्मार्टले एक वर्षको अवधिमा १७ प्रतिशत इन्टरनेट ग्राहक गुमाएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स