निती शाह बनिन् रियलमीको नयाँ ब्रान्ड एम्बासडर

काठमाडौं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भईरहेको स्मार्टफोन ब्रान्ड रियलमीले निती शाहलाई आफ्नो ब्रान्ड एम्बासडरको रुपमा नियुक्त गरेको छ । यो सँगै शाहले अब रियलमी, नार्जो र एआइओटि एवम वेरेबलस् लगायत अन्य इकोसिस्टम प्रोडक्टहरु पनि एन्डोर्स गर्ने छिन् । उनी मिस इन्टरनेसनल नेपाल २०१७ को विजेता हुन् । उनले २०१७ मा जापानमा भएको मिस इन्टरनेसनल नेपालमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।

रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने, ‘ब्रान्ड एम्बासडरको रुपमा निती शाहसँग काम गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । मानिसहरुलाई प्रभावित पार्न सक्ने उनको क्षमताले पक्कै पनि रियलमी ब्रान्डलाई अझै धेरै उपभोक्ताहरु सामु परिचित बनाउने छ भन्ने हामीले विश्वास लिएका छौँ ।’

त्यस्तै गरी रियलमीकि नवनियुक्त ब्रान्ड एम्बासडर निती शाहले भनिन्, ‘रियलमी ब्रान्डको सदस्य हुन पाउँदा म एकदमै उत्साहित छु । कम्पनीको जुन डेयर टु लिप मान्यता छ, व्यक्तिगत रुपमा म आफैँ पनि यो मान्यतामा विश्वास राख्छु । मलाई यो अवसर दिएकोमा रियलमी ब्रान्ड प्रति आभारी छु, मलाई आशा छ यो सहकार्यले पक्कै पनि हामी दुवैलाई एउटा नयाँ उचाइमा पु¥याउनेछ ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स