काठमाडौं । एप्पलले हिजो (मंगलबार) बेलुका क्यार्लिफोनियाबाट भर्चुअल कार्यक्रममार्फत् आइफोन-१३ सार्वजनिक गरेको छ । कम्पनीले आइफोन-१३ सिरिज अन्तर्गतमा ४ वटा मोडल सार्वजनिक गरेको हो ।
जसमा आइफोन-१३ मिनी, आइफोन-१३, आइफोन-१३ प्रो र आइफोन-१३ प्रो म्याक्स छन् । आइफोन-१३ मिनी र आइफोन-१३ लाई एउटै वर्गमा राखिएको छ ।
उक्त समारोहमा एप्पलले एकसाथ आइफोन-१३ सिरिजसँगै आइप्याड २०२१, नयाँ आइप्याड मिनी र एप्पल वाच ७ सिरिज पनि ल्याएको हो ।
यस मोडलमा एचडीआर, ट्रयु टोन, वाइड कलर, हेप्टिक टचलाई सपोर्ट गर्ने खालको डिस्प्ले रहेको छ । यसको अधिकतम ब्राइटनेस ८०० निट्स छ । यसमा फिंगर रेजिस्टेन्स ओलियोफोबिक कोटिङ छ । दुबै फोनमा एल्मुनियम डिजाइन दिइएको छ । यी दुबै मोडललाई प्रोडक्ट रेड, स्टारलाइट, मिडनाइट, ब्लु र पिंक कलरमा खरिद गर्न सकिनेछ । यसको डिस्प्लेमा सेरेमिक सिल्ड र ब्याक प्यानलमा सिसाको प्रयोग गरिएको छ ।
दुबै मोडल १२८ जीबी, २५६ जीबी र ५१२ जीबीमा अपलब्ध हुनेछन् । आइफोन-१३ मिनीको तौल १४१ ग्राम र आइफोन-१३ को तौल १७४ ग्रामको छ । दुबै फोन पूर्णरूपमा वाटर प्रुफ छन् । अर्थात् ६ मिटर गहिरो पानीमा ३० मिनेटसम्म मज्जाले काम गर्नेछ ।
दुबै मोडलमा १२ मेगापिक्सलको ड्युल क्यामरा छ । जसले वाइड र अल्ट्रा वाइड एंगल सपोर्ट गर्छ । राम्रो फोटोग्राफीका लागि पोट्रोट मोड, डेप्थ इफेक्ट जस्ता सुविधा पनि छन् । ६३ मेगापिक्सल बराबर पानोरोमा सट्स लिन सकिन्छ भने नाइट मोड, डीप फ्युजन स्मार्ट एचडीआर४, लाइभ फोटोको मोड पनि छ ।
ब्याट्रीको कुरा गर्दा लिथियम आयन ब्याट्री हुनेछ । जुन १५ वाटको म्यागसेफ वायरलेस चार्जिङ र ७.५ वाटको क्यूआइ वायरलेस सपोर्ट गर्छ । कम्पनीका अनुसार ३० मिनेटमा २० वाटको एडप्टरबाट ५० प्रतिशत चार्ज गर्न सकिन्छ ।
आइफोन-१३ मिनीमा १७ घन्टाको भिडियो प्लेब्याक, १३ घन्टाको भिडियो प्लेब्याक स्ट्रिमिङ, ५५ घन्टाको अडियो प्लेब्याकको सुविधा पाइनेछ ।
साथै आइफोन-१३ मा १९ घन्टाको भिडियो प्लेब्याक, १५ घन्टाको भिडियो प्लेब्याक स्ट्रिमिङ, ७५ घन्टाको अडियो प्लेब्याकको सुविधा पाइनेछ ।
आइफोन-१३ प्रो र आइफोन-१३ प्रो म्याक्स
आइफोन-१३ प्रोमा ६.१ इञ्चको सुपर रेटिनाका साथै विभिन्न सुविधा छन् । यसको तौल २०३ ग्राम र आइफोन-१३ प्रो म्याक्सको तौल २३८ ग्रामको छ ।
दुबै मोडलमा १२ मेहापिक्सलको ट्रिपल रियर क्यामरा छ । टेलिफोटो, वाइड र अल्ट्रा वाइड एंगल सपोर्ट गर्छ ।
मूल्य यस प्रकार छन् :
आइफोन-१३ मिनीः मूल्य ६९९ डलरदेखि ९९९ डलरसम्म
आइफोन-१३ः मूल्य ७९९ डलरदेखि १०९९ डलरसम्म
आइफोन-१३ प्रोः मूल्य ९९९ डलरदेखि १४९९ डलरसम्म
आइफोन-१३ प्रो म्याक्सः मूल्य १०९९ डलरदेखि १५९९ डलरसम्म