काठमाडौं । नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट आफ्नो मोबाइल रिचार्ज गरेबापत ग्राहकलाई बोनस डाटा उपलब्ध गराउने भएको छ।
ग्राहकले २००, ५०० र १००० रूपैयाँ दरका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा कम्पनीले सो अफर उपलब्ध गराउने भएको हो। २०० रूपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा यसबापत १ दिन प्रयोग गर्न सकिने १ जीबी डाटा र ५०० रूपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा यसबापत ४ दिनसम्म प्रयोग गर्न सकिने ४ जीबी डाटा उपलब्ध हुनेछ। त्यसैगरी १००० रूपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत १० दिनसम्म प्रयोग गर्न सकिने १० जीबी डाटा बोनस स्वरुप प्राप्त हुनेछ।
यो अफर भोलि (२०७९ मंसिर २०) देखि आगामी पुस १९ गतेसम्म जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुका लागि उपलब्ध हुनेछ।
यस अफरबाट ग्राहकहरुले उल्लेख्य लाभ प्राप्त गर्ने अपेक्षा कम्पनीले राखेको छ।