२ कम्पनीको लगानी रहेको ‘नमस्ते पे’ आजबाट सञ्चालनमा आउने, अफलाइनमा पनि कारोबार गर्न सकिने

काठमाडौं । नेपाल टेलिकमले आजबाट विद्युतिय भुक्तानी सेवा ‘नमस्ते पे’ सञ्चालनमा ल्याउने भएको छ । आज भदौ २९ बाट व्यवसायीक रुपमा ‘नमस्ते पे’ सञ्चालनमा आउने भएको हो । योसँगै सरकारी स्वामित्व प्राप्त दूरसञ्चार कम्पनी नेपाल टेलिकम डिजिटल पेमेन्ट सेवामा औपचारिक रुपमा प्रवेश गरेको छ ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कोभिड १९ को दोस्रो लहरले टेलिकमको मोबाइल मनि सेवा सञ्चालनमा अवरोध पुर्याएरपनि सेवा सञ्चालन गर्न सफल भएको बताए ।

कोरोना भाइरसका कारण लकडाउनले गर्दा सञ्चालन समय पछि धकेलिएको डिजिटल पेमेन्ट ‘नमस्ते पे’ नयाँ विशेषताका साथ आजबाट शुरु हुने भएको हो । टेलिकमले गत साउन देखि नै यो सेवा शुरु गर्ने भनेपनि सञ्चालनमा आउन सकेको थिएन ।
उक्त कम्पनीले डिजिटल पेमन्ट कम्पनी ‘मोबाइल मनि सेवा’ केहि हप्ता अघिबाट परीक्षणको काम थालिएको हो । मोबाइल मनिको काममा अन्तर्राष्ट्रिय उडान ठप्प भएपछि विदेशबाट आवश्यक समान आउन सकेको थिएन ।

मोबाइल मनिको सबैभन्दा पहिलो अकर्षणको विषय अनलाइन र अफलाइन कारोबार हो । टेलिकमले ल्याउन लागेको मोबाइल मनिमा इन्टरनेट भएको बेलामा र नभएको बेला दुबै समयमा अनलाइन कारोबार गर्न सकिनेछ ।

मोबाइल ब्यालेन्सबाटै सामान किन्न सक्ने व्यवस्था समेत हुने टेलिकमले जनाएको छ । उक्त मोबाइल मनि ग्रामीण जनतामा केन्द्रित हुने समेत टेलिकमको बताएको छ ।

त्यस्तै, टेलिकमको मोबाइल मनि सेवामा बैंकिङ वालेट सेवा, क्युआर तथा सरकारी राजस्व तिर्न बढी फोकस हुनेछ । पानी, बिजुली, टेलिफोनको बिल तिर्नेदेखि टिकटहरु काट्न, बिल तिर्न, रकम ट्रान्सफर गर्न यो प्रविधि उपयोगी हुने टेलिकमको मोबाइल मनि नयाँ प्रविधिमा आधारित हुनेछ ।

‘उपकरण आउन नै डेढ महिना ढिलो भयो,’ अधिकारीले भने ‘कार्गो विमान नपाउँदा ती उपकरणहरु सिंगापुर, दुबई लगायतका देशमा लामो समय थन्किएका थिए ।’ नेपाल टेलिकमले मोबाइल मनि सेवा सञ्चालनका लागि २ वर्षअघिदेखि काम शुरु गृहकार्य शुरु गरेको हो ।

नमस्ते पे सञ्चालन गर्न नेपाल राष्ट्र बैंकले चैत ३ गते लाइसेन्स अनुमति दिएको थियो । उक्त नयाँ कम्पनी नमस्ते पे मा नेपाल टेलिकमको ६२ प्रतिशत (२५ करोड ८८ लाख) र वाणिज्य बैंकका ३८ प्रतिशत (१५ करोड ११ लाख) संयुक्त लगानी रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स