सीजी नेटको ग्राहक ५६७, अन्य सेवा प्रदायकका कति ?

काठमाडौं । चौधरी ग्रुपको सीजी नेटको ग्राहक संख्या नेपाल दूरसञ्चार प्राधिकरणको एमआईएस (म्यानेज्ड इन्फरमेसन सिस्टमा)मा राखिएको छ ।

सीजी नेटले २०७८ जेष्ठ १८ गतेदेखि काठमाडौंबाट इन्टरनेट सेवा उपलब्ध गराउन शुरु गरेको थियो । प्राधिकरणको सार्वजनिक गरेको असार महिनाको एमआईएस रिर्पोटमा सीजी नेटको ग्राहक संख्या समावेश गरेको हो ।
एमआईएस रिर्पोटअनुसार सीजी नेटको ग्राहक संख्या ५६७ जना छ ।

फाइबर टु द होम (एफटीटीएच) प्रविधिबाट इन्टरनेट सेवा उपलब्ध गराइरहेको कम्पनीले हाल राजधानीभित्र सेवा विस्तार गरिरहेको छ ।

हाल काठमाडौंको नयाँ बानेश्वर, कालिमाटी, बालाजु, माछापोखरी, वनस्थली, कलंकी, सतुंगल र ललितपुरको रिङरोडभित्र सीजी नेटको सेवा उपलब्ध छ ।

असारसम्म आईएसपीमार्फत् इन्टरनेट प्रयोग गर्ने ग्राहक १६ लाख ३२ हजार ७६४ छन् । ग्राहक हिस्साको आधारमा वल्र्डलिंक कम्युनिकेशन्स पहिलो स्थानमा छ । वल्र्डलिंकका ग्राहक ४ लाख ८५ हजार १३९ जना छन् ।

नेपाल दूरसञ्चार कम्पनी २ लाख ९० हजार २३ ग्राहक सहित दोस्रो स्थानमा छ ।

सुविसु केबलनेट २ लाख १० हजार ५१३ ग्राहक सहित तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स