टेलिकमको निर्वाचन लक्षित अफर, डाटा र भ्वाइस प्याक मात्र ४९ रुपैयाँमा

काठमाडौं । नेपाल टेलिकमले आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभालाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको छ ।निर्वाचनमा सूचना आदान प्रदान गर्न र निर्वाचन परिणाम थप सहजाताकासाथ मोबाइलमै प्राप्त गर्नका लागि नेपाल टेलिकमले निर्वाचन अफर ल्याएको जनाएको छ ।

यस अफरमार्फत ग्राहकले २० जीबी डाटा जम्मा मात्र २९४ रुपैयाँमा पाउनेछन् जुन १० दिनसम्म प्रयोग गर्ने सकिनेछ । यस्तै, मात्र ९८ रुपैयाँमा ६ जीबी डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने छ ।

यति मात्र नभएर ग्राहकले एक दिनका लागि १ एमबीपीएस डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा ४९ रुपैयाँमा प्रयोग गर्न सक्नेछन् ।

कात्तिक २७ गतेदेखि लागु हुने यो प्याक मंसिर ११ गतेसम्म लागु हुनेछ ।

ग्राहकले *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स