रियलमीले सार्वजनिक गर्यो रियलमी सी३०,यस्तो छ बजारमूल्य

काठमाडौं । विश्वकै प्रख्यात स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो सी सिरिज अन्तर्गत नयाँ रियलमी सी३०एस सार्वजनिक गरेको छ । इन्डस्ट्रि लिडिङ क्यापेसिटिव फिंगरप्रिन्टद्वारा फोन अनलक हुने प्रविधि प्रयोग गरिएको रियलमी सी३०एस सुरक्षा र गतिको उत्तम संयोजन हो । ५०००एमएएच ब्याट्री क्षमता, र एन्टी–स्लिप डिजाइन भएको रियलमी सी३०एसले प्रयोगकर्ताहरुलाई उत्कृष्ट एर्गोनोमिक्स प्रदान गर्दछ ।

लन्चमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने,‘सस्तो दाममा बेस्ट फिचर भएको स्मार्टफोन चाहनेहरुका लागि यो राम्रो विकल्प हो । रियलमीमा हामी हाम्रा प्रयोगकर्ताहरूका विभिन्न आवश्यकताहरू समेट्न हरदम तत्पर रहन्छौँ । रियलमीको यो सी सिरिज, एन्ट्री–लेभल स्मार्टफोनहरूमा नविनतम प्रविधिहरु उपलब्ध गराउन पाउँदा मलाई गर्व लागेको छ । डिजाइन र टेक्नोलोजीको उत्तम संयोजन रहेको यो रियलमी सी३०एस हाम्रा उपभोक्ताहरुले मन पराइदिनु हुन्छ भन्ने कुरामा हामी विश्वस्त छौं ।’

रियलमी सी३०एस
रियलमी सी३०एसको मुख्य विशेषताहरू मध्ये एक यसको साइड–फिंगरप्रिन्ट सेन्सर हो । सी सिरिजमा रहेको फिंगरप्रिन्ट सेन्सरले तपाईको स्मार्टफोनलाई मात्र ०.५८ सेकेन्डमा अनलक गर्न सक्षम बनाउँनुको साथै तपाईको निजी जानकारी सुरक्षित राख्न परिष्कृत सुरक्षा अनलक विधि प्रदान गर्दछ । ८एमएम१.६mm क्षेत्रफल रहेको यो फिंगरप्रिन्ट सेन्सिङ एल्गोरिदम अधिक शक्तिशाली रहेको छ जसले उच्चतम सुरक्षा सुनिश्चित गर्दछ ।

माइक्रो–टेक्सचर एन्टी–स्लिप डिजाइन र अल्ट्रा–स्लीक ८.५एमएम बडी भएको यो रियलमी सी३०एसको तौल केवल १८२ ग्राम रहेको छ । यो स्मार्टफोनमा ६.५ इन्चको फुल स्क्रिन एलसीडी डिस्प्ले समावेश गरिएको छ जसले प्रयोगकर्ताहरूलाई इमर्सिभ दृश्य अनुभव प्रदान गर्दछ । रियलमी सी३०एसमा स्क्रिन–टु–बडी रेसियो ८८.७% रहेको छ । युनिसोक अक्टा–कोर प्रोसेसरद्वारा संचालित, रियलमी सी३०एस ले प्रयोगकर्ताहरूलाई अत्यन्त सहज सञ्चालन अनुभव प्रदान गर्दछ । यसमा रहेको विशाल ५००० एमएएच को ब्याट्री र अल्ट्रा–सेभ मोडको साथ रियलमी सी३०एस ले प्रयोगकर्ताहरुलाई लामो समयसम्म मनोरञ्जन प्रदान गर्दछ ।

८ एमपी एआई रियर क्यामेरा र ५ एमपी सेल्फी क्यामेरा समावेश गरिएको यस स्मार्टफोनले जीवनका प्रेरणादायी क्षणहरू क्याप्चर गर्न मद्दत गर्छ ।

रियलमी सी३०एस स्ट्राइप ब्लू र स्ट्राइप ब्ल्याक गरि दुई रंगहरूमा उपलब्ध हुनेछ जसको मूल्य १३,४९९ रूपैयाँ (२जीबी +३२जीबी) र १५,९९९ रूपैयाँ (४जीबी + ६४जीबी) रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स