शाओमीको नयाँ रेड्मी ए१ सिरिज सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली बजारमा ए सिरिज सार्वजनिक गरेको छ । स्मार्टफोनका नयाँ प्रयोगकर्ताहरूलाई ध्यानमा राख्दै केटरिङ गरिएका रेड्मी ए१ र रेड्मी ए१ं द्रुत इन्टरनेट, स्मुथ सफ्टवेयर अनुभव र ननस्टप मनोरञ्जन प्रदान गर्दछ जसले प्रयोगकर्ताको दैनिक कार्यहरूलाई थप स्मार्ट, थप प्रभावकारी र थप सुविधाजनक बनाउँछ ।

रेड्मी ए१ सिरिज – लाईफ बनाऔं ए१
रेड्मीले नयाँ स्मार्टफोनको साथ स्मार्ट जीवनशैलीमा स्तरवृद्धि गर्न चाहने नयाँ प्रयोगकर्ताहरुलाई आकर्षित गर्ने लक्ष्य राखेको छ । बजेट भित्र रहेर आकर्षक डिजाइन, लामो ब्याट्री जीवन, र उत्कृष्ट क्यामेरा प्रणाली समावेश गर्दै, रेड्मी ए१ र रेड्मी ए१ं ‘रेड्मीकै भरोसा’ अन्तर्गत प्रयोगकर्तालाई उत्कृष्ट अनुभव प्रदान गर्न डिजाइन गरिएको हो ।

ए१ इन्टरटेनमेन्ट
रेड्मी ए१ र रेड्मी ए१ं विस्तृत दायरामा राम्रो गुणस्तरका साथ उपलब्ध छन् । यी स्मार्टफोनहरुमा उत्कृष्ट क्यामेरा, भरपर्दो ब्याट्री लाइफ, क्लासिक १६.५५ से. मी. ६.५२”)को रंगीन डिस्प्ले समावेश गरिएको छ । नन–स्टप मनोरञ्जन र गुणस्तरको अडियो अनुभवको लागि रेड्मी ए१ र ए१ं प्लसमा शीर्ष स्पिकरहरू जडान गरिएको छ साथै यस उपकरण पूर्व–स्थापित एफएम रेडियो एपको साथ आउँदछ । साथै रेड्मी ए१ र रेड्मी ए१ं मा राखिएको ५००० एमएएच ब्याट्रले बिना कुनै रुकावट यसको निरन्तर प्रयोग सुनिश्चित गर्दछ ।

ए१ एक्सपिरियन्स
रेड्मी ए१ र रेड्मी ए१ं पावर अपको लागि MediaTek Helio A22 चिपसेट जडित छ जसको सहायताले फोटोग्राफी, र भिडियोमा थप क्लारिटी प्रदान गर्दछ । यसमा रहेको LPDDR4X RAMको समर्थनद्वारा रेड्मी ए१ र रेड्मी ए१ं लाई थप कुशल बनाउँछ । रेड्मी ए१ र रेड्मी ए१ं दुवै क्लीन एन्ड्रोइड १२ मा चल्छन् जसले यसलाई अझ छिटो र थप गोपनीयता प्रदान गर्न मद्दत गर्दछ ।

ए१ डिजाइन
रेड्मी ए१ र रेड्मी ए१ं दुवैे एन्ट्री–लेभल डिजाइनको साथ तीन रंग –ब्ल्याक, लाइट ग्रीन, लाइट ब्लु रंगमा उपलब्द छ । यसको टेक्सचर्ड डिजाइनले फिंगरप्रिन्टहरू फोनमा रहन नदिन मद्दत गर्दछ जसले गर्दा फोन लामो समय सम्म नयाँ देखिन्छ । रेड्मी ए१ं मा रहेको रियर फिंगर प्रिन्ट सेन्सरले प्रयोगकर्ताहरूलाई सरलतापूर्वक फोन अनलक गर्न मद्दत गर्दछ ।

ए१ क्यामेरा
रेड्मी ए१ र रेड्मी ए१ं मा रहेको 8MP डुअल एआई क्यामेरा र 5MP फ्रन्ट क्यामेरा सेटअपले प्रयोगकर्ताहरुलाई यादगार पलहरु सहज रूपमा क्यापचर गर्न मद्दत गर्दछ । एडभास सिग्नल प्रोसेसर र मोडहरू संयोजन गर्दै यस स्मार्टफोनमा प्रयोगकर्ताहरूले कुनै अवरोध बिना, भिडियो कलहरू मार्फत आफ्ना प्रियजनहरूसँग कुरा गर्न सक्छन् ।

ए१ क्वालीटी
प्रयोगकर्ताहरूले हरेक वर्ष आफ्नो फोन परिवर्तन नगरी नयाँ स्मार्टफोनको अनुभव लिन सकुन् भन्ने कुरा सुनिश्चित गर्दै, रेड्मी ए१ ले ५००,००० पटक, कनेक्टरको टिकाउपन परीक्षण १०,००० पटक र माइक्रो ड्रप परीक्षण २८,००० पटक गरिसकेको छ ।

मूल्य र उपलब्धता
रेड्मी ए१ 2GB± 32GB भेरियन्टमा ११,९९९ मूल्यमा, रेड्मी ए१ं 2GB±32GB र 3GB+32GB भेरियन्ट १२,४९९ रूपैयाँ र १३,९९९ मूल्यमा देखि देशभरका सबै अधिकृत विक्रेताहरुमा उपलब्ध हुनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स