एक महिनामा साढे २ लाखले टेलिफोन प्रयोगकर्ता घटे

काठमाडौं । नेपालमा टेलिफोन प्रयोगकर्ता ३ करोड ९२ लाख ६३ हजार पुगेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको २०७८ असारको एमआईएस रिर्पोट अनुसार नेपालमा टेलिफोन प्रयोगकर्ता ३ करोड ९२ लाख ६३ हजार पुगेका हुन् ।

जेष्ठमा ३ करोड ९५ लाख २६ हजार ८८१ टेलिफोन प्रयोगकर्ता थिए । एक महिनामा २ लाख ६३ हजार ४०२ जनाले टेलिफोन प्रयोगकर्ता घटेका छन् । ०.६६ प्रतिशतले टेलिफोन प्रयोगकर्ता घटेका हुन् ।

जसमा फिक्स ८ लाख ८ हजार ५२७, मोबाइल ३ करोड ८४ लाख ५१ हजार ९६६ र अन्य २ हजार ९८६ जना छन् ।

जेष्ठ र असारको प्राधिकरणको रिर्पोट

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स